सडक दुर्घटनामा परी महिलाको मृत्यु

सडक दुर्घटनामा परी महिलाको मृत्यु

विराटनगर : मोरङको उर्लाबारीमा मजदुरी गर्दै आएकी ३६ वर्षीया पूजा रम्तेलको शनिबार दर्घटनामा मृत्यु भएको छ। उर्लाबारी–७ स्थित गोदावारी अस्पताल अगाडि स्कोरपिओ गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले जानकारी दिए। 

डीएसपी खिँउजुका अनुसार बाटोमा हिँडिरहेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च ५५३२ नम्बरको स्कोरपिओले शुक्रबार राति ८ बजे ठक्कर दिएर रम्तेललाई घाइते बनाएको थियो। 

घाइते महिलाको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा शनिबार बिहान मृत्यु भएको डीएसपी खिँउजुले बताए। स्कोरपिओ र चालक काठमाडौं दक्षिणकाली–७ का ४४ वर्षे कृष्णमुरारी अर्यालयलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.