चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण

चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण

चितवन : सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई अज्ञात समूहले आक्रमण गरेको छ।  चितवनको चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका हुन्। 

शाहीलाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ। उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। 

उक्त ठाउँमा सभा गर्न प्रहरीले नदिएपछि फर्कन लागेका शाही सवार गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ। केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो। 

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.