क्यानको निर्वाचनमा चतुरबहादुरको प्यानल विजयी

क्यानको निर्वाचनमा चतुरबहादुरको प्यानल विजयी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा चतुरबहादुर चन्दको प्यानल विजयी भएको छ। शनिबार राजधानीमा भएको १७ सदस्यीय समितिको निर्वाचनमा पूर्वअध्यक्ष विनयराज पाण्डेको प्यानललाई चन्दको नेतृत्वमा रहेको प्यानलले पराजित गरेको हो।

चन्दको प्यानलले जित हात पारे पनि आधिकारिक घोषणा गर्न भने बाँकी छ। अध्यक्षमा निर्वाचित चन्दले ४५ र पराजित पाण्डेले १५ मत प्राप्त गरे। निर्वाचनमा ३९ जिल्ला प्रतिनिधि र २० प्रदेश प्रतिनिधि गरी ५९ मतदाता रहेका थिए।

आईसीसीको निलम्बन फुकुवाका लागि निर्वाचनलाई महत्वपूर्ण ठानिएको छ। क्यानलाई ३ वर्षदेखि आईसीसीले निलम्बन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.