रेडियो नेपालबाट निष्काशित पत्रकारको पक्षमा महासंघका पूर्वअध्यक्ष

रेडियो नेपालबाट निष्काशित पत्रकारको पक्षमा महासंघका पूर्वअध्यक्ष

काठमाडौं : नेपाल पत्रकार महासंघका पूर्वसभापति/पूर्वअध्यक्षहरुले रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निष्काशित पत्रकारहरूको पुनर्वहालीको माग गरेका छन्। पूर्वसभापति/पूर्वअध्यक्षहरुले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। 

निष्काशित पत्रकारहरुको पुनर्वहालीको लागि नेपाल पत्रकार महासंघ निरन्तर आन्दोलनमा छ। तर, रेडियो व्यवस्थापन र नेपाल सरकार। संचार तथा सूचना प्रविधि मन्त्रालयले यसबारे सुनुवाई नगर्नु खेदजनक छ’, जारी विज्ञप्तिमा भनिएको छ,‘पेशागत निष्ठाका साथ लामो समय सेवा दिएका संचारकर्मीलाई बिनाकारण निष्काशन गरिएको गलत निर्णय सच्याएर ससम्मान काममा फर्काउन सरकार र रेडियो नेपाल व्यवस्थापनको ध्यानाकर्षण गराउँदछौं।’

रेडियो नेपालको दिपायल प्रसारण केन्द्रमा काम गर्दै आएका पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई गत भदौ २ गते कामबाट निष्काशन गरिएको थियो। रेडियो नेपाल व्यवस्थापनले सुनुवाई र स्पष्टीकरणको मौकासमेत नदिई आफूहरुलाई कामबाट निष्काशन गरेको आरोप पीडित पत्रकारले लगाउँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.