भारत-पाकिस्तान युद्ध चेतावनी : एक घातक रणनीति

भारत-पाकिस्तान युद्ध चेतावनी : एक घातक रणनीति

काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभा विश्वका लागि जति चासोको विषय बन्यो, भारत र पाकिस्तानका लागि झन् बढी ।

यो कुरा पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबाटै पुष्टि हुन्छ । जहाँ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँगको दुश्मनी विश्वलाई सुनाए । झण्डै ५० मिनेटसम्मको भाषणमा इमरानले अधिकांश समय भारतसँगको असन्तुष्टि नै पोखे ।

त्यसो त, इमरानको अभिव्यक्तिले भारतमा खैलाबैला मच्चाइदिएको छ । उनले ‘कश्मीर काण्ड’ र त्यसअघि नै पुलवामा हमलाको समेत घटना कोट्याए । त्यही बेला भारतीय पाइलटलाई पाकिस्तानले नियन्त्रणमा लिएर छाडिदिएको प्रसंग निकालेका थिए ।

यी प्रसंगका पछाडि पाकिस्तान सम्यम रहँदैआएको र भारतले युद्ध चाहेको इमरानको जिरह थियो । भारतले आक्रमण गरेको र आफूहरुले प्रतिवाद गरेको उनको भनाइ थियो । यही अभिव्यक्ति अहिले अन्तर्राष्ट्रिय मिडियाका लागि चासोको विषय बनेको छ ।

भारत पनि आक्रामक

त्यसो त, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयम भएर पाकिस्तानको कटाक्ष गरे । एक तामिल कविलाई ‘कोट’ गर्दै उनले आफूहरु शान्तिवादी भएको जिकिर गरेका थिए । यतिसम्म कि, गौतम बुद्धको ‘लिगेसी’ जोडेरै भारतको सर्वोच्चता पुष्टि गर्ने प्रयत्न गरे ।

विदेश मन्त्रालयले भने पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्ति झुटो र भड्काववादी भएको प्रतिक्रिया दिएको छ । इमरानको अभिव्यक्तिसँगै भारतीय विदेश मन्त्रालयले उनको प्रतिवाद गरेको हो ।

भारत सरकार विदेश मन्त्रालयकी सचिव विदिशा मैत्रीले इमरानको भाषणलाई लक्षित गर्दै आतंकवादसँग पाकिस्तानको साँठगाँठबारे कडा प्रतिक्रिया दिएकी थिइन् । बिबिसीमा उल्लेख भए अनुसार विदिशाले ‘पाकिस्तान के आफूलाई आतंकवादसँग साँठगाँठ नभएको पुष्टि गर्न सक्छ त ?’ भन्दै प्रश्न गरेकी थिइन् ।

निरन्तर युद्धको चेतावनी

भारतमा नरेन्द्र मोदी सत्तामा आएपछि नै पाकिस्तानसँग गर्ने व्यवहार फेरिएको छ । मुस्लिम समुदायप्रति मोदी सरकार अनुदार भन्ने आरोप सही सावित हुँदैछ । पुलवामा हमलाकै बेला पनि मोदीले ‘यो त ट्रेलर मात्रै हो, पिक्चर त बाँकी नै छ !’ भनेका थिए ।

त्यसको केही महिनापछि भारतमा चुनाव भयो र मोदी दोस्रो पटक प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेको केही सातामै कश्मीरको स्वायत्तता खोसियो । त्यहाँ अझै शान्तिपूर्ण अवस्था छैन । पाकिस्तानले भने कश्मीरको साथमा आफूहरु रहेको भन्दै विशाल प्रदर्शन नै गर्‍यो ।

घटनाक्रमले के देखाउँछ भने मोदी ‘पाकिस्तान विरोधी’ धार मेटाइहाल्न चाहँदैनन् । पाकिस्तान पनि ‘कश्मीर काण्ड’ सुल्झियोस् भन्ने चाहँदैन । अलग भएदेखि नै असल मित्र बन्न नसकेका यी दुई छिमेकीले अमेरिकामै पुगेर आफ्ना मुद्दा उठाइरहे । पाकिस्तानप्रति आक्रोशित बन्नुको अन्तर्य भारतमा वहुमत हिन्दु अतिवादी मत समेट्नु पनि हो । जुन् भारतीय जनता पार्टीको नारा झैँ बनेको छ ।

यसरी निरन्तर ‘युद्धको चेतावनी’ दिइरहनु हिन्दु राष्ट्रवाद मर्न नदिने मोदी सरकारको रणनीति पनि हुनसक्छ । पाकिस्तानलाई पनि ‘कश्मीर काण्ड’ मसला बनेकै छ ।
आखिर दुई छिमेकीको असहिष्णु व्यवहारले विश्वलाई नै आकर्षित गर्नु जायज हैन ।

-एजेन्सीहरुको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.