'आईसीसीले आफै क्यानको प्रतिबन्ध फुकुवा गर्छ’

'आईसीसीले आफै क्यानको प्रतिबन्ध फुकुवा गर्छ’

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा हुने विश्वास दिलाएका छन्। आईसीसीकै सल्लाह र निर्देशनअनुसार काम भइरहेकोले आईसीसीको अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हट्ने दाबी गरे।

उनले भने, ‘मलाई लाग्दैन कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ, नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आईसीसीलाई राम्रोसँग थाहा छ। आईसीसीले पनि नेपाललाई बचाउन खोजेको छ। नेपालको पक्षमा निर्णय गर्छ।’ सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको पनि सुनाए। उनले भने, ‘निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन, नेपाली क्रिकेटको निकासलाई आईसीसीले दिएको रोडम्यापअनुसार नै हामीले काम पूरा गरेका छौं। आईसीसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ।’

उनले सरकारी हस्तक्षेप भएको र स्वतन्त्र र निष्पक्ष चुनाव नभएकोले आईसीसीले क्यानमाथि प्रतिबन्ध लगाएको भन्दै अहिले आईसीसीकै निर्देशनअनुसार आफूहरूले स्वतन्त्र र निष्पक्ष ढंगले सहमतिमै निर्वाचन सम्पन्न गरेकोले अब चाँडै निलम्बन फुकुवा हुने स्पष्ट पारे। उनले भने, ‘अन्य कुराहरू सुशासनलगायतका काम गर भनेपछि हामी गर्छौं, निलम्बन फुकुवाको लागि क्यानले प्रपोजल हाल्नुपर्ने कुरा छैन्। हामीले त आईसीसीले जे भन्यो त्यही त्यही खुरुखुरु गरेका हौं।’

अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए। ‘हामी यो क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध तवरले अघि बढिरहेका छौं।’–उनले थपे। चन्दले खेलाडी छनोटको आधार तय गर्ने बताउँदै भने, ‘विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानी ढंगले खेलाडी छनोट गरिएको छ। अब व्यवस्थित ढंगले खेलाडी छनोट गर्छौं।’ पछिल्लो समय खेलमैदान पनि निर्माण भइरहेको सुनाउँदै अब क्रिकेटले गति लिने पनि बताए। उनले चाँडोभन्दा चाँडो खेल मैदानहरू निर्माण गर्नको लागि सरकार, राखेप, प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध पनि गरे।

उनले विगतमा क्रिकेटका लागि दिएको अनुदान सही सदुपयोग हुन नसकेको आईसीसीको आशंका रहेको पनि सुनाए। उनले भने, ‘हामीले कुनै खालको गैरपारदर्शी र विवाद हुने काम गर्दैनौं।’ क्यानमा जित्ने व्यक्ति गौण हो, संस्था मुख्य कुरा हो। आईसीसीलगायत सरकारले व्यक्तिलाई हेर्दैन्।’ उनले क्यानको सीईओ पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने स्पष्ट पारे। उनले भने, ‘आईसीसीले हामीसँग आर्थिक पारदर्शिताका चुस्त प्रशासन सञ्चालनका लागि सीईओ राख्नुपर्ने सर्त राखेको छ। हामी आईसीसीको सर्तमा रहेर काम गर्छौं।’ त्यस्तै, उनले प्रादेशिक क्रिकेटलाई सशक्त बनाउने आफ्नो योजना रहेको सुनाए। उनले थपे, ‘सम्पूर्ण क्रिकेटको विकासका जिम्मा प्रादेशिक क्रिकेटलाई दिन्छौं। नेपाल क्रिकेट संघले सुपरिवेक्षण र गतिविधिलाई सघाउनेछ।’

अहिले निजीस्तरबाट भइरहेका विभिन्न लिगहरूलाई पनि कानुनबमोजिम बनाउने उनको भनाइ छ। अध्यक्ष चन्दले यही वर्ष आफूहरूले देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने पनि बताए। उनले भने, ‘अब नेपालको आधिकारिक र सबैभन्दा ठूलो लिग एनपीएल हुन्छ, यो लिगबाट नेपाली खेलाडी र नेपाली क्रिकेटले ठूलो प्रगति र फड्को मार्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.