किन हराउँदैछ पिङ संस्कृति ?

किन हराउँदैछ पिङ संस्कृति ?

बुटवल : नेपालीको महान‍् चाड दसैं घर आँगनमा आइसकेको छ। चाडवाडमा खानपान, लत्ताकपडासँगै मनोरञ्जन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । दसैंमा मनोरञ्जन भनेकै पीङ हो । तर पछिल्ला वर्षमा पीङ खेल्न बिरलै पाइन्छ।

लठ्ठे पिङ र चर्खे पिङ बनाउनेक्रम विस्तारै हट्दै गएको छ । पहाडी जिल्लामा चर्खे पिङ बनाउने खुबै प्रचलन थियो । तर अहिले ती भेट्याउनै मुस्किल पर्छ । गाउँमा युवा जनशक्ति कम भएका कारण दसैंमा पिङको चहलपहल विस्तारै हराउँदै गएको छ ।

खर बाटेर बनाइएको पिङ भने तराई र पहाडमा अझै पनि भेटिन्छन् । तर पहिले जत्तिकै गाउँपिच्छे हुँदैनन् । पाल्पाका संस्कृति सम्बन्धी जानकार झपेन्द्र जिसीले चर्खे पिङ लोप नै हुने अवस्थामा पुगेको बताउँछन् । 'युवाहरु गाउँमा छैनन, काठको पनि अभाव छ, उनले भने, 'विस्तारै पिङ संस्कृति हराउँदै गएको छ।' पाल्पाका एकाध गाउँमा मात्रै चर्खे पिङ राख्ने गरिइएको उनले बताए ।

तराईका जिल्ला पहाडीयाको बसोबास भएको क्षेत्रमा लठ्ठे पिङ बनाउने गरिएको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासीका उत्तरी क्षेत्रमा यस्ता पिङहरु भेटिन्छन् । बुटवल उपमहानगरका भिनिन्न टोलमा लठ्ठे पिङहरु राखिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.