सडक बोर्ड अगाडि नै दलदल

सडक बोर्ड अगाडि नै दलदल

काठमाडौं : काठमाडौं मीनभवनस्थित एनकेसिंह मार्ग, नापी कार्यालयअगाडि उकालो। सडक बनाउन थालेको ६ महिना भयो। सडक बोर्ड र डिभिजन सडक कार्यालय जाने बाटो हो यो।

सडक विभागका पूर्वमहानिर्देशक रामकुमार लम्साल, पूर्वउपमहानिर्देशक एवं रेल विभागका पूर्वनिर्देशक योगेन्द्र राईको घर यहीं छ। विद्यालय र अस्पताल पनि छन्।सडक विभागले वर्षात्को मध्यमा यो सडक बनाउन थालेपछि स्थानीयले सास्ती बेहोर्नुपरेको हो। खनेर छोडेका कारण सडक थिलथिलो छ। हिँड्नै कठिन छ।

सडकमा सवारीसाधान नचलेको ५÷६ महिना भइसकेको छ। सडक विभागका पूर्वउपमहानिर्देशक राईले मध्यवर्षामा सडक भत्काउन थालेर जनतालाई दुःख दिएको बताए।

निर्देशिकाअनुसार जेठ, असार र साउनमा सडक खन्न पाइँदैन। उनका अनुसार त्यति बेला खानेपानी पाइप खन्नसमेत स्वीकृति दिन पाइँदैन। ‘यस्तो बेला १२÷१५ फिट गहिरो ढल राख्ने कार्य भएको छ। झन्डै यहाँका घरहरू भत्किएनन्,’ उनले भने, ‘त्यो काम अनुपयुक्त थियो, यसले विकास होइन जनतालाई सास्ती दिएको छ।’

सडक भत्काएर छाडेका कारण आफूहरू नाकाबन्दीमा परेको भनाइ उनको छ। ‘हामीलाई नाकाबन्दीजस्तै भयो, गाडी ल्याउनै सकेनौं’ उनले भने, ‘त्योभन्दा ठूलो पानीको समस्या भयो। यहाँ पानी पर्याप्त छैन, ट्यांकरबाट खरिद गर्नुपर्छ, ट्यांकर ल्याउन सडक छैन।’

एनकेसिंह इन्टरनेसनल मेमोरियल स्कुलकी शिक्षक रोशनी शर्माले कक्षा कोठामै विद्यार्थीले ‘माक्स’ लगाउन बाध्य भएको गुनासो गरिन्। ‘कक्षा कोठा धुलाम्मे हुन्छ, धुलोले कक्षाकोठामै माक्स लगाउनुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘सफा आएका विद्यार्थी घर फर्कंदा हिलाम्मे र धुलाम्मे हुन्छन् हामीले अभिभावकको गाली खानुपरेको छ।’

स्थानीय बासिन्दा एवं इन्जिनियर ओमप्रकाश   श्रेष्ठले पिच भत्काएर ढल खनेका कारण जनताले सास्ती पाएको बताए। उनले पटकपटक सडक विभाग, मन्त्रालयसँग आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए। उनले भने, ‘सडकसम्बन्धी दुई–दुई कार्यालय यहीं छन्, पूर्वहाकिमका घर यहीं छन्, यहाँ त यस्तो अवस्था छ भने, अरूतिर के होला।’

स्थानीय केशवप्रसाद पौडेलले बाटो खनिदिएर जनतालाई सास्ती दिएको बताए। ‘तलबाट खन्नुपर्ने, माथिबाट खने,’ उनले भने, ‘सडक त बिगारे–बिगारे, खानेपानीको पाइप पनि फुटाइदिए, ढल बिगारिदिए।’ भत्काउँदै बनाउँदै गरेका कारण विगत दुईतीन वर्षदेखि नै स्थानीयले दुःख पाएको उनले बताए।

सडक बोर्डका कार्यकारी निर्देशक कृष्णबहादुर बस्नेत आफूले पनि यो सडक बनाउन पटकपटक सचिवदेखि मन्त्रीसम्मलाई आग्रह गरेको बताए।उनका अनुसार मन्त्रीकै अगाडि सचिवलाई भनेपछि सम्याउन लागि डोजर पठाइएको छ।

उपत्यका सडक विस्तार आयोजनाले सडक एक वर्षपहिले पाँच करोड रुपैयाँ लागतमा बनाएको थियो। त्यहाँ ढल राख्ने भएपछि भत्काइएको छ।सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले पानीले गिलो भएकाले काम गर्न नसकिएको बताए। उनले त्यहाँ ढल हाल्ने काम भइसकेको बताउँदै छिटै काम सक्ने दाबी गरे। ‘दलदल छ, त्यसैले त्यहाँ काम हुन नसकेको हो’, उनले भने, ‘त्यो दलदल हटेपछि सडकको काम हुन्छ।’

उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले कर्मचारी सबै दसैं बिदामा गइसकेकले त्यो सडकको यथार्थ विवरण दिन असमर्थ भएको प्रतिक्रिया दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.