औद्योगिक पार्कको सम्झौता

औद्योगिक पार्कको सम्झौता

काठमाडौं : दमकमा दक्षिण एसियाको सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ। पार्क चिनियाँ सहयोगमा झापा जिल्लामा निर्माण हुन लागेको हो। एक हजार ६ सय हेक्टरमा बन्ने औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर लगानी गरेर निर्माण हुनेछ। औद्योगिक पार्क काम, आराम, मनोरन्जन र संस्कृतिका दृष्टिलेसमेत दक्षिण एसियामै उत्कृष्ट हुने चिनियाँ प्रतिनिधि मण्डलका नेता जोउ चेङ जीले शुभारम्भ कार्यक्रममा जानकारी दिए।

औद्योगिक पार्क निर्माणका लागि नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डस्ट्रियल पार्कबीच समझदारीमा हस्ताक्षर भएको हो। ‘चीन–नेपालमैत्री औद्योगिक पार्क’ नाम राखिएको पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

औद्योगिक पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगट्छ। ती ठाउँमा जग्गा प्राप्तिका सबै प्रक्रिया पूरा भएको र अब निर्माण थालिने समारोहमा जानकारी दिइएको छ। चीनले अघि सारेको बेल्ट एन्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना भएको छ।

शुभारम्भ समारोहमा औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले यो निर्माण कार्य नेपालको सबैभन्दा प्रभावकारी, आकर्षक र पारदर्शी हुने जानकारी दिए। उनले औद्योगिक पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने बताए। उनले भने, ‘नेपालीले विकासको ठोस परियोजनाको उदाहरण दिनुपर्दा विदेशतिरको दिनुपथ्र्यो। अब दमकले नेपाल र नेपालीका लागि उदाहरणीय र गर्व गर्न लायक विकासको मोडल तयार हुनेछ।’

चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले शुभारम्भ समारोहलाई सम्बोधन गर्दै औद्योगिक पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार पारिने बताए। उनले पार्क दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रका रूपमा विकास हुने र औद्योगिक पार्क बनेपछि दसौं हजारले रोजगार पाउने बताए। औद्योगिक पार्क बनेपछि नेपालमा ठूलो परिमाणमा राजस्व वृद्धि हुने र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त हुने बताए।

यसैगरी, लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले यो औद्योगिक पार्क निर्माणले नेपालको विकासमा ठूलो योगदान पुग्ने बताए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए। नेपालमा पीपीपी मोडलमा जलविद्युत् आयोजनाबाहेक अन्य खाले निर्माण कार्य नभएको बताउँदै बस्नेतले यो औद्योगिक पार्क पीपीपी मोडलको पहिलो गैरजलविद्युत् आयोजना भएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.