यू–१५ टोली भुटान जाँदै
काठमाडौं : भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली टिमको शुक्रबार बिदाइ गरिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरिएको कार्यक्रममा भुटान जाने ३१ सदस्यीय नेपाली टोलीको बिदाइ गरिएको हो। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिदाइ गरे। नेपाली टोली सोमबार भुटान प्रस्थान गर्नेछ।
नेपालले असोज २२ गते भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपालले असोज २४ गते बंगलादेश र असोज २६ गते आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
नेपाली टोलीमा सुनकला राई, कुमारी तामाङ, मनीषा राउत, अनु राई, ममता पुन, मनमाया दमाई, निकिता थोकर, सुरक्षा सुखरिया, अमिषा कार्की, पुष्पा गुरुङ, मन्दिरा राई छन्।
यसैगरी सरा वज्राचार्य, सरु हमाल, प्रीति राई, पूजा थापा, सावित्री किसन, सबिना चौधरी, सुषमा घर्तीमगर, अस्मिता रानापाल, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, देव्या मगर र लीला जोशी छन्।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपर प्रशिक्षकमा मीनबहादुर बस्नेत छन्।