बुवाको हत्या गरी छोरा फरार

बुवाको हत्या गरी छोरा फरार

राजविराज : सप्तरीको महादेवा गाउँपालिका १ पकरीका २३ वर्षीय नइम पमरियाले बुवाको हत्या गरेका छन्। मदिराको सुरमा कुटपिट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएपछि नइम फरार रहेको स्थानीय जिवछ पमरियाले बताए। नइमका साथ मृतककी श्रीमति ५० वर्षीया जमुनी खातुन पनि फरार रहेकोले हत्यामा दुबैको संलग्नता रहेको गाउँलेहरुले आंशका गरेका छन्।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले हिजो राति पनि बुवासँग झगडा गरी कुटपिट गरेका थिए। छिमेकी फुल मोहम्मदले बताए अनुसार झगडालु स्वभावका नइमकै कारण उनकी श्रीमति लेल्ही खातुन एक साता अघि र भाउजु चाँदनी खातुन चार महिनादेखि माइत बस्दै आएका छन्। 

कुटपिटबाट गम्भीर घाइते अवस्थामा गफुरलाई अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएपछि मृतकका जेठा छोरा २५ वर्षीय मो. हकिम पमरिया समेत भागेको र डाकनेश्वरी नगरपालिका ३ का गफुर मियाँका साथ अस्पताल आएको अटो रिक्शा चालक महादेवा ३ का बिरेन्द्रकुमार यादवले बताए।

प्रहरीले सोधपुछका लागि मृतकका जेठा छोरा हकिमलाई सोमबार नियन्त्रणमा लिइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा रोखको एसपी कृष्ण प्रसाइले बताए। 

पोष्टमार्टका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। मृतकका भाइ मो. इसराइल मियाँले सोमबार जिल्ला प्रहरी कार्यालयमा हत्या घटनाबारे उजुरी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.