दसैंमा रुकुम पश्चिममा तीन करोडको मासु बिक्री

दसैंमा रुकुम पश्चिममा तीन करोडको मासु बिक्री

रुकुम : रुकुम पश्चिममा यस पटकको दसैंमा करिब तीन करोड बढीको मासु बिक्री भएको छ। जिल्लाका विभिन्न ठाउँमा गरेर तीन करोड १६ लाख तीन हजार रुपैयाँको मासु बिक्री भएको पशु सेवा तथा भेट्नरी कार्यालयले जानकारी दिएको छ। गत वर्षको तुलनामा यो वर्ष बढी मासु बिक्री भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। 

यो वर्ष न्यूनतम १० हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्ममा खसीबोका बिक्री भएको कार्यालयका पशु प्राविधि ज्ञानु शर्माले जानकारी दिए। जिल्लाका अधिकांश ठाउँबाट जिल्लाबाहिर पनि खसीबोका निर्यात भएको उनले बताए। आयात नगरिएकोले गत वर्षको तुलनामा यो दसैंमा निकै सस्तोमा खसी बोका किनबेच भएको उनको बताए।  

जिल्लाको आठबीसकोट, मुसीकोट र चौरजहारी नगरपालिकासहित त्रिवेणी, सानीभेरी र बाँफिकोट गाउँपालिकामा खसीबोकाको राम्रो व्यवसाय सञ्चालन हुँदै आएको छ। पाँच वर्षअघिसम्म दसैंको लागि जिल्ला बाहिरबाट खसीबोका खरिद गरेर ल्याउने गरे पनि अहिले गाउँमै खसीबोकाले दसैं–तिहार धान्दै आइरहेको पशु प्राविधिक शर्माले बताए। 

पछिल्लो समयमा यहाँका किसान खसीबोका तथा भेडापालनतर्फ उत्साहीत हुँदै गएपछि दसैं–तिहारमा  खसीबोकाको अभाव हुन छोडेको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए। उनका अनुसार पछिल्लो समय व्यवासायिक रुपमा बाख्रापालान गर्नेहरुलाई स्थानीय, प्रदेश र संघीय सरकारले अनुदान व्यवस्था गरेपछि किसनहरु थप उत्साहित भएका हुन्।  

जिल्लामा खसीको मासुलाई प्रतिकिलो पाँच सय ५० रुपैयाँ रहेको छ भने बाख्राको मासुलाई चार सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ। स्थानीयले आ–आफ्नो घरमा खसीबोका आफैँ काट्नुका साथै मासु पसलबाट पनि मासु लिने गरेको खलंगाका मासु व्यवसाय चन्द्रबहादुर केसीले बताए। दसैंमा स्वदेश तथा विदेशमा रहेका सबै आफन्तको जमघट भएर सुखदुःख साट्ने भएकोले अनिवार्य मासु खाने चलन रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.