एनआरएनए चुनाव : मतगणनाका लागि बैठक बस्दै

एनआरएनए चुनाव : मतगणनाका लागि बैठक बस्दै

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतपत्र सिल गरिएको छ। निर्वाचन आयुक्त शिवप्रकाश रिजालका अनुसार केही बेरमा बैठक बसेर मतगणना सुरु हुनेछ। 

उनका अनुसार दुई हजार पाँच सय ७० मतदाता रहेकोमा दुई हजार तीन सय ४० मत खसेको छ। आगामी दुई वर्षका लागि नेतृत्व चयनका लागि उत्साहका साथ मतदान भएको हो। एनआरएनएको नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त प्यानलबीच प्रतिस्पर्धा भएको छ। 

निर्वाचन आयुक्त रिजालका अनुसार बैठक बसेर एक घण्टापछि मतगणना सुरु हुने वा भोलि गर्ने भन्ने निर्णय गर्नेछ।। ‘बैठकले भोलि बिहानदेखि मात्रै गणना गर्ने भनेमा शुक्रबारमात्र मतगणना हुनेछ’, उनले भने।

एनआरएनएका शाखा र केन्द्रीय समितिका गरी २ हजार ६५६ छन्। तर,  मतदानमा २ हजार ३४१ मत खसेको निर्वाचन समितिले जनाएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.