२६ वर्षपछि मिल्यो रुकुमको सीमा विवाद

२६ वर्षपछि मिल्यो रुकुमको सीमा विवाद

रुकुम : तत्कालीन शोभा र साँख गाविसको सिमानाको बारेमा २०५० सालदेखि विवाद हुँदै आएको थियो । यी दुवै गाविसहरु सिंगो रुकुम हुँदा एउटै जिल्लामा थिए । तर संघीय संरचनाअनुसार सिंगो रुकुम टुक्रिएर दुई जिल्लामा विभाजन भएपछि सीमा विवाद थप चर्कँदै गयो । रुकुम (पूर्व) र रुकुम पश्चिमको जिल्ला मात्रै विभाजन भएनन् यहाँका यी दुई जिल्लाका प्रदेशसमेत फरक भएका थिए । त्यसपछि जटिल बन्दै गएको सीमा विवाद अब सधैंका लागि समाधान भएको छ ।

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–६ खोपिचार र रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ घोरखानीमा दुई जिल्लाको सिमाना छ । उक्त क्षेत्रमा रहेको जङ्गल दुवै जिल्लाका स्थानीयले आ–आफ्नो दावी गर्दै आएका थिए । सिंगो रुकुम हुँदा आफुहरूले नै भोचलन गर्दै आएकाले घोरखानी जङ्गल आफूहरुको भएको मुसिकोट नगरपालिकावासीको दावि थियो । जङ्गल आफ्नो भू–भाग रहेको सिस्ने गाउँपालिकावासीको भनाइ थियो । 

यही विवादका कारण दुबै जिल्लाका स्थानीय तहले एकअर्कालाई सीमा मिचेको आरोप लगाउँदै आएका थिए । उक्त सीमा दुईसय मिटरसम्म मिचेको दुबै जिल्लाका स्थानीयले दाबी गरेका छन् । सीमा विवादकै कारण दुबै जिल्लाले राखेका 'सीमा आरम्भ' र 'सीमा समाप्त' लेखिएको होर्डिङ बोर्डसमेत फालाफाल गरिएको थियो ।

उक्त विवाद समाधान गर्नको लागि संवाद समूह ५ नम्बर प्रदेश सचिवालय अन्तर्गत रुकुम पूर्वले सहजीकरण गरिरहेको थियो । विभिन्न चरणमा भएका छलफलबाट दुवै पक्ष सिमानामा देखिएको समस्या समाधान गर्न सहमत भएको संवाद समूहका सदस्य यज्ञप्रकाश मल्लले जानकारी दिए । दुवै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख र प्रदेश सांसदको उपस्थितिमा भएको छलफलबाट उक्त समस्याको समाधान भएको थियो । 

छलफलमा अहिले विवाद हुँदै आएको सिमानाको बिच भागमा नयाँ सिमाना निर्धाण गरिएको रुकुम पूर्व जिल्ला समन्वय समितिका प्रमुख जगेन्द्रबहादुर ओलीले जानकारी दिए । उनका अनुसार दुवै पक्षले दावी गर्दै आएको ठाउँबाट मध्यभागलाई नै दुई जिल्लाको सीमा तोकिने भएको छ । त्यसको लागि दुवै जिल्लामा रहेका नापी कार्यालयबाट प्राविधिकहरु खटिएर आइतबारसम्मा उक्त सिमानाको टुंगो लगाउने भएका छन् । 

घोरखानी र खोपिचार खोलामा सिमाको विवाद थियो । सोही विवादका कारण स्थानीय सरकारले राखेका होर्डिङबोर्डसमेत हटाइएको थियो । यो सीमा विवाद पुरानो भए पनि जिल्ला टुक्रिएर थप बल्झिएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । अब दीर्घकालीन रूपमा समाधान भएको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.