सामूहिक बलात्कारका अभियुक्त पूर्पक्षका लागि जेल चलान
ललितपुर : १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरी ललितपुरको ठैंबस्थित राजकुलोमा फाल्ने दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। आरोपितमध्ये एक जना ‘छड्के’ उपनामका १९ वर्षीय किशोर भने फरार छन्। उनीहरूले असोज ६ गते किशोरीलाई बलात्कार गरी मार्ने मनसायले राजकुलोमा फालेका हुन सक्ने प्रहरीको अनुमान छ। उनीहरूलाई जिल्ला अदालत ललितपुरले शुक्रबार पुर्पक्षका लागि जेल पठाउने निर्णय गरेको हो। कारागार चलान हुनेमा १९ वर्षका रुपेश दियाली छन्। उनलाई नखु कारागार र अर्का नाबालक बालसुधार गृहमा पुर्पक्षका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मि श्रका अनुसार यस घटनाको संयोग अचम्म लाग्दो छ। उनका अनुसार सधैंझैं असोज ६ गते राति बाडेगाउँमा प्रहरी गस्ती गरिरहेको थियो। गस्तीका क्रममा ती आरोपित युवा सडकमा भौंतारिरहेको प्रहरीले भेट्यो। कोहीमाथि आशंका लागेमा पक्राउ गर्ने अथवा सोधपुछ गर्ने काम प्रहरीले गर्छ। ती युवालाई पनि सोधपुछ गर्यो। उनीहरूले कुनै नराम्रो काम नगरेको बरु जाँड खाएर यत्तिकै हिँडेको बताएका थिए। यद्यपि, प्रहरीले उनीहरूको एउटा तस्बिर लियो।
७ गते बिहान युवतीको शव भेटिएको भन्दै प्रहरीकहाँ खबर पुग्यो। घटनास्थल पुगेर हेर्दा एक किशोरी पानीमा डुबेको अवस्थामा भेटिइन्। ‘शरीरमा कुनै चोटपटक थिएन, हिँड्दा हिँड्दै पानीमा खसेको हुन सक्ने अनुमान लगायौं’, मि श्रले भने, ‘तर घटनास्थल नजिकै भेटिएका युवामाथि पनि शंका लाग्यो।’
त्यसपछि अघिल्लो दिन तस्बिर खिचिएका दुई युवालाई तुरुन्त पक्राउ गरेर ल्याइयो। पक्राउ पर्नेमा १९ वर्षका रुपेश दियाली र अर्का नाबालक छन्। उनीहरू काभ्रे खानीखोला र ललितपुरको बागमती गाउँपालिकाका हुन्। नाबालकको नाम उल्लेख गरिएको छैन।
पक्राउ परेका आरोपितलाई उद्धृत गर्दै मि श्रले भने, ‘नशाको शूरमा बलात्कार गरेका हौं तर पानीमा फालेका होइनौं।’ घटना भएको ठाउँ र राजकुलो नजिकै भएकाले बलात्कारपछि पानीमा फालेको हुन सक्ने प्रहरीले ठानेको उनले बताए। घटनास्थलवरिपरि बस्ती छैन। खेतीको काम गर्न बनाइएका टहरा मात्रै छन्।
मृत भेटिएकी किशोरीको पहिचान खुल्न लगभग महिना दिन लागेकाले अनुसन्धानमा जटिलता आएको मिश्रले बताए। असोज ६ गते घटना भए पनि उनका अभिभावक २८ गते मात्रै प्रहरीकहाँ पुगेका छन्।
कामका सिलसिलामा विदेश गएका उनका बुबा र नेपालमा बस्दै आएकी आमाको अनुसार उनी प्रायः डुलिरहन्थिन्। अभिभावकले धेरैपटक घर लगे पनि उनी कहिल्यै नबस्ने गरेको अभिभावकले प्रहरीलाई जानकारी दिएको मि श्रको भनाइ छ। उनी लागुऔषध पनि सेवन गर्ने खुलासा भएको छ। घटना भएको दिउँसो उनी लरखराउँदै हिँडेको स्थानीयले देखेको प्रहरीले जनाएको छ। नशामा भएको मौका पारेर युवाले सामूहिक बलात्कार गरेर राजकुलोमा फालेको हुन सक्ने प्रहरीको अनुमान छ।
मृतकले लगाएको घडीलाई आधार बनाएर उनको पहिचान खुलेको प्रहरीले बताएको छ। दक्षिणकालीतिर बस्दै आएकी उनका बाआमालाई लास देखाएर सनाखत गरेको प्रहरीको भनाइ छ। उनको पोस्टमार्टम रिपोर्टमा ‘डुबेर मृत्यु’ भएको भनिएको छ। सम्पूर्ण कागजात अदालतमा पेस गरिसकेको प्रहरीले जनाएको छ।
घटना भएको भोलिपल्ट नै आरोपितलाई पक्राउ गरेर एउटा उत्कृष्ट काम गरेको प्रहरीले दाबी गरेको छ। तर, फरार आरेपित मोबाइल स्विच अफ गरेर बसेका कारण लोकेसन ट्र्याक गर्न नसकेको वृत्तका प्रमुख मि श्रले बताए छ। उनले भने, ‘खोज्दै छांै, यथाशीघ्र समाउने कोसिस गर्छौं।’
कसरी सुरक्षित बनाउने आफ्ना सन्ततीलाई ?
यस घटनाले प्रत्येक बाआमालाई आफ्ना छोराछोरी कुन बाटोमा हिँडिरहेका छन् सचेत हुनुपर्ने पाठ सिकाएको छ। किशोर÷किशोरीलाई संयमित भएर हिँड्न। अभिभावकले आफ्ना बालबालिका कता गइरहेका छन् ? कुन समयमा हिँड्दै छन् ? कस्तो ठाउँमा जाँदै छन् ? त्यस ठाउँको सुरक्षा स्थिति कस्तो छ ? कोसँग हिँड्छन् भन्नेमा ध्यान दिनुपर्ने प्रहरीले बताएको छ। हराएमा समयमा रिपोर्ट गर्नुपर्ने प्रहरीले सुझाव दिएका छन्। सुनसान, शंकास्पद ठाउँमा एक्लै नहिँड्न पनि सुझाएको छ।