परम्परागत पासोबाट यसरी समातियो चितुवा (तस्बिर)
दमौली : तनहुँको भानु नगरपालिकामा बालबालिकामाथि आक्रमण गर्ने नरभक्षी चितुवा परम्परागत पासोबाट समातिएको छ। यसअघि पनि २ वटा चितुवा यस्तै पासोबाट समातिएको हो।
एकपछि अर्को गर्दै बालबालिकामाथि आक्रमण गर्न थालेपछि चितुवा पक्रन चौतर्फी दबाब परेको थिथो। भानु नगरपालिकाका-१ देखि ४ नम्बर वडामा १८ महिनाभित्र चितुवाको आक्रमणबाट ५ जना बालबालिकाको ज्यान गइसकेको छ।
७ जना बालबालिका अंगभंगसमेत हुनुपरेको छ। केही दिनअघि मात्र भानु-२ बजगाईटारमा चितुवाको झम्टाईबाट १२ वर्षे सोनिया अछामी मुस्किलले उम्किएकी थिइन्। त्यो भन्दा १५ दिनअघि ४ वर्षका आशिक बानियाँले चितुवाको आक्रमणबाट ज्यान गुमाएका थिए।
चितुवाको आक्रमण रोक्नको लागि सुरक्षाकर्मी परिचालन भए पनि त्यसको खास उपलब्धि देखिएन। यही कारण स्थानीयले नै पासो बनाएर चितुवा पक्रेका हुन्। यसअघि आधुनिक फलामे पासोमा चितुवा पर्न छाडेपछि पुराना बुढापाकाको सहयोगमा काठबाट निर्मित पासो वनमा थापिएको थियो। र, त्यसका अगुवा थिए स्थानीय ७० वर्षका हरिभक्त ढकाल।
घरमा बाख्रा खाएपछि आजित बनेर २०३० को दशकमा उनले यो सीप सिकेका थिए। अहिले चितुवा नियन्त्रणका लागि यो सीप अचुक उपाय बन्न पुगेको छ। ढकालको सहयोगमा स्थानीय ९ वटा सामुदायिक वनमा पासो थापिएको थियो।
ढकालसहितको समूह पासो थाप्दै :