सिस्नोको पाउडर उत्पादन

सिस्नोको पाउडर उत्पादन

रुकुम : रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२ का सुन्दर शर्मा उमेरले २८ वर्षका भए । तर उनी पढाइसँगै राजनीति र व्यवसायलाई समेत एकैसाथ अघि बढाउन सफल छन् ।

शर्माले स्थानीय पाँच युवाको सहयोगमा गाउँमा खेर गइरहेको सिस्नो प्रशोधन गरेर पाउडर उत्पादन गर्न थालेका छन् । हिमालयन बहुसेवा प्रालि दर्ता गरेर शर्मासँगै तिनले जिल्लामा पहिलोपटक सिस्नोको पाउडर उत्पादन गर्न थालेका हुन् । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका–५ सेरीगाउँमा उनीहरूले उद्योग स्थापना गरेका छन् । यहाँका घरबारीदेखि जंगलमा प्रशस्त पाइने सिस्नो टिपेर उद्योग प्रशोधन गरी पाउडर बनाउँदै आएका छन् ।

सिस्नोको पाउडर उत्पादन गरेर बजारमा बिक्री गर्न सुरु गरेको उद्योग सञ्चालक तथा व्यवसायी युवा सुन्दर शर्माले बताए । उनका अनुसार उद्योग सञ्चालन भएको १५ दिनभित्रै सिस्नोको ६५ किलो पाउडर उत्पादन गरिएको छ । सिस्नोको पाउडर प्रतिकिलो पाँच सय ५० रुपैयाँका दरले बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको सिस्नो पाउडरको काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायत ठूला होटल, गेष्ट हाउस तथा व्यापारीबाट माग बढेको छ ।

जंगलमा खेर गइरहेको सिस्नो प्रशोधन गरी पाउडर उत्पादन गर्दा बेरोजगार युवाले समेत रोजगारी पाएका छन् । बेरोजगार युवालाई आर्थिक विकासमा लगाउन गाउँमै स्वरोजगारमूलक अवसरको सिर्जना गर्न सकिन्छ भन्ने सिस्नो प्रशोधनमा खटिएका युवाले उदाहरण दिएका छन् । ‘राजनीतिलाई पेशाको रूपमा लिने चलनकोे अन्त्य गर्न यस्तो पेशा अपनाएको हुँ’, उद्योग सञ्चालक शर्माले भने, ‘विद्यार्थी राजनीति र यस पेशामार्फत नागरिकलाई सचेतना फैलाउने छौं ।’

गाउँमै रोजगारी सिर्जना गर्न स्थानीय सरकारले साना तथा मझौला उद्योग स्थापनामा लगानी गर्नुपर्ने उनले बताए । जिल्लाको स्यालापाखा, भलाक्चा, छिवाङ, मुसिकोट, रातामाटा लगायतका ठाउँबाट उद्योगका लागि सिस्नो आयात हुन थालेको छ । पाँचजना युवाको सामूहिक रूपमा व्यक्तिगत २१ लाखको लगानीले उद्योग सञ्चालन भएको हो । यसअघि जिल्लामा सिस्नोको कच्चा पदार्थ प्रशस्तै रहे पनि त्यसको सदुपयोग हुन सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.