अपहरणका आरोपित दुई भारतीय नागरिक पक्राउ

अपहरणका आरोपित दुई भारतीय नागरिक पक्राउ

राजविराज : हजुरबुवाको श्राद्धमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित मामाघर आएकी एक आठ वर्षीया बालिकाको अपहरण गर्न खोज्ने दुई भारतीय नागरिक पक्राउ परेका छन्।

मामाघर नजिकै खेलिरहेकी मोरङको कर्चिया बस्ने सञ्जय शर्माकी छोरी आँचल शर्मालाई फकाइ साइकलमा चढाई लैजाँदै गरेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्स्पेक्टर कमलकुमार लुगेंलीले जानकारी दिए। 

नियन्त्रणमा लिएका भारत विहार राज्यको सुपौल बथनाहाका २० वर्षीय आनन्द गोस्वामी र सुपौलकै बैरियाघाटका २२ वर्षीय अमिर झालाई कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।

आरोपितले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला स्थानीयवासीले दुवैलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको आँचलका मामा रवी शर्माले बताए। शर्माको घर आएकी बालिकालाई अपरिचित युवासँग गइरहेको देखेपछि सोधपुछ गर्दा बालिकाले नचिनेको बताएपछि स्थानीयवासीले उनीहरुलाई नियन्त्रणमा लिई बालिकाका मामा रवी शर्मालाई खबर गरेका थिए। 

पक्राउ परेकाहरुसँग कुनै सम्बन्ध नरहेको र शरीर खानतलाशी गर्दा प्लाष्टिकको बोरा समेत भेटिएको शर्माले बताए। स्थानीयवासीले नियन्त्रणमा लिएका दुबै जनालाई अपहरण गर्न खोजेको भन्दै कुटपिटसमेत गरेका छन्। 

आरोपित दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले बताए।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.