राष्ट्रवादको परीक्षा
भारतले नेपालीभूमिसहित राजनीतिकनक्सा सार्वजनिक गरेपछि नेपाललाई अखण्डता र राष्ट्रिय सुरक्षामाआफ्नो पहिचान स्थापितगर्ने अवसर जुरेको छ। राष्ट्रवादको नाराले सत्तासीनभएका केपीओलीलाई भारत सरकारको नयाँनक्साले पहिचानजोगाउने चुनौतीथपिदिएको मात्रै होइनहालसम्मका नेताले गर्न नसकेको राष्ट्रियता जगेर्नाको अवसर पनिप्राप्तभएको छ।
लामो समयदेखि नेपालीभूभागअतिक्रमित छ। पूर्वदेखि पश्चिमसम्मका दक्षिणी भेगको भूमिदशकौंदेखि विवादित रहँदै आएपनिकुनै पनिदलका नेताले यसको निरूपण गर्न सकेनन्। नेपालकमजोर भएर हो वाहाम्रो कूटनीति असफलभएर, किन छिमेकीले सार्वभौम देशको अस्तित्वमाथिबारम्बार हमला गर्छ ? नेपालको नक्सा परिवर्तन गर्ने भारतको दुस्साहस सार्वभौमसत्ता सम्पन्न नेपालको अस्तित्वमाथिको हमलाहोइन र ?
नेपाल र भारतबीचअहिलेको जीवन्तप्रश्न सन् १८१६ माभएको सुगौली सन्धिले मान्यतापाउने कि नपाउने भन्ने हो । यो सन्धिभएको ४४ वर्षसम्मलिम्पियाधुरा नै कालीको मुहानहुने, तर सन् १९६० पछि भारतीय सेना कालापानीमा तैनाथ भएपछि चाहिँनहुने ? चीनसितको सीमायुद्धमा भारत पराजय भएपछि कालापानीलाई रणनीतिक रूपमाउपयोग गर्दै नेपालीभूभागकब्जाहुनपुगेको घामजत्तिकै छर्लंग छ।
सन् १९८१ मादुई देशबीच दस वर्षभित्र सीमासम्बन्धी सबै समस्या समाधानगर्ने सहमतिभयो। ‘नेपाल–भारत संयुक्तप्राविधिक स्तरीय समिति’ गठन भयो, तर सन् २००७ सम्मपनियसले कामगर्न सकेन। जनस्तरमा यस्ता मुद्दा पेचिलाहुँदै जाँदा यस्ता समितिहरू बन्छन्। कतिपयअवस्थामायिनले प्रतिवेदनपनि पेस गर्छन्, आफ्ना सरकारसमक्ष। तर, सीमासम्बन्धी यस्ता समितिले प्रतिवेदनसमेत पेस गरेनन्। भारत वा नेपालकुन सरकारको उदासीनताका कारण यो अवस्थाआइपर्यो। कम्तीमाप्रतिवेदनउपर दुवै देशबीच छलफलसम्म हुनपाएको भए निरूपणका सम्भावना रहन्थे। तर, सीमा मुद्दामा भारतले जहिले पनिबलमिच्याईं गर्दै आएको इतिहासले पुष्टि गरेको तथ्यहो।
राष्ट्रियता र सीमासम्बन्धी अतिक्रमण हुँदा नेपालकादलहरुबीचअभूतपूर्व एकता देखिएको छ। यो एकता सह्रानीय छ। यसले मुलुकमाथिविपद् पर्दा राष्ट्रिय स्वर एक हुन्छ र हुनेछ भन्ने सन्देश पनिदिएको छ। सबै दलमिलीभारतले गरेको यो अतिसह्य कार्यको खण्डन र प्रतिरोध गर्नुपर्छ। राष्ट्रियताका सबालमादलहरुबीचमतैक्य नभएको विगतको तीतो इतिहासलाई रुपान्तरण गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमणका सन्दर्भमादलहरुबीचको एकतालाई अझ बढी जीवन्तमात्रहोइन, कार्यान्वयनकालागिदवाबमूलकपनि हुनुपर्छ। नेपालको सहयोगबिनाभारतले पनि दक्षिण एसिया क्षेत्रमा कूटनीतिक र रणनीतिक कौशलमार्पmत यस क्षेत्रकाजनताको अधिकतम् हितमाआफ्नो उपस्थिति र महत्तालाई दर्शाउन सक्दैन।
तसर्थ, दुई देशबीचविश्वमाकहीं नभएको सम्बन्धलाई अझ बढी घनीभूत बनाउनभारतजस्तो विशाल साम्राज्यभएको मुलुकले सानो चित्त देखाउनु हुन्न। नेपालजस्तो उसको असल छिमेकी दक्षिण एसियामा कोही छैन भन्ने उदाहरणलाई पनिमननगर्नुपर्छ। किनभने भारतको अहितमा नेपालले अहिलेसम्मकुनै काम गरेको छैन र भविष्यमागर्ने पनि छैन। नेपालजस्तो विश्वमा नै अलौकिकमित्रताको परम नमुनाभएको मुलुकको भूभाग अतिक्रमण गर्नेजस्तो कार्य उसकालागिशोभनीयहुन सक्दैन। तसर्थ, भारतले अहिले अतिक्रमण गरेको भूभागउसकै हो भन्ने प्रमाणसहित नेपाललाई विश्वस्तपार्न सके मात्र नेपालीजनताविश्वस्तहुनेछन्। होइनभने नेपाल र भारतबीचको सम्बन्धमाजहिले पनिआशंका र असन्तुष्टि मात्रै व्याप्त रहनेछन्, जुनउसकालागिपनिहितकर हुनेछैन। यो कसीमा राष्ट्रवादको छवि बनाउन सफलभएकाप्रधानमन्त्री केपीशर्मा ओलीको पनि अग्नि परीक्षा हुनेछ— सीमा जोगाउननिम्ति।