कर्मचारी आफैले खोले वन कार्यालयलको ताला
डोल्पा : जिल्ला वन कार्यालय डोल्पाका कर्मचारीले आफ्नै कार्यालयमा लगाएको ताला खुलाएका छन्। २३ जना कर्मचारीले ११ महिसम्मको रासन नपाएपछि माग गर्दै आफ्नै कार्यालयमा ताला लगाएका थिए।
जिल्ला प्रशासन कार्यालयले ठेकेदार र कर्मचारीसहित उपस्थिति गराएर रासन उपलब्ध गराउने बताएपछि प्रशासनको अनुरोधमा लगाइएको ताला खोलिएको कर्मचारीले बताए।
ताला खुलेपछि सेवा सुचारू भएको छ ।राशनको जिम्मा लिएका ठेकेदार र कर्मचारी राखेर प्रशासनमा छलफल गराउने प्रशासनले जनाएको छ।