साग तयारी : धमाधम बन्दै छ पोखरा रंगशाला

साग तयारी : धमाधम बन्दै छ पोखरा रंगशाला

पोखरा : दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पोखरामा महिला फुटबल प्रतियोगिता हुँदैछ । खेल संचालन हुन ११ दिन बाँकी रहँदा फुटबल स्टेडियममा प्याराफिट जडान बल्ल सुरु भएको छ । प्याराफिटका लागि आवश्यक सामाग्रीमध्ये फ्रान्सबाट पहिलो र दोस्रो चरणको सामान भारतको विशाखापट्नम बन्दगाह हुँदै आइतबार पोखरा आइपुगेपछि बुधबारदेखि प्याराफिट जडान सुरु भएको हो ।


४/५ दिनभित्र प्याराफिट जडान सम्पन्न हुने निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दीपक बरालले जानकारी दिए । सार्क खेदकुद प्रतियोगिताका लागि ८ देखि १० हजार सिटसहितको प्याराफिट तयार हुने उनले सुनाए । यसका लागि फ्रान्सबाटै प्राविधिक टोली आएर जडानको काम गरिरहेका छन् । 


सिन्थेटिक एथ्लेटिक ट्रयाकका लागि आस्फाल्ट कालोपत्रेको काम सकिएर ट्रयाकमा सिन्थेटिक राख्ने काम पनि अन्तिम चरणमा पुगेको बरालले बताए । पोखरामा ९ वटा खेल आयोजना हुनेछ । त्यसमध्ये पोखरा फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हँुदैछ । साग खेलकुदअन्र्तगत पोखरामा महिला फुटबलसहित महिला क्रिकेट, ट्रायथोलन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याटमिण्टन र भारत्तोलन खेल हुने कार्यक्रम रहेको छ। यी खेलमध्ये प्याराग्लाइडिङ खेल प्राविधिक कारण आवश्यक टिमको संख्या नपुगेर केही समस्या देखिए पनि खेल संचालन गर्ने गरी पहल भइरहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.