भारतले गलत नक्सा सच्याउनुपर्छ : मुख्यमन्त्री पोखरेल

भारतले गलत नक्सा सच्याउनुपर्छ : मुख्यमन्त्री पोखरेल

रुकुम : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा रहेको त्रुटि सच्याउन माग गरेका छन् । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत समेत समेटेर राजनीतिक नक्सा सार्वजनिक गर्नु भारतको गल्ती भएको उनको दावी छ।

उक्त नक्सा आफूलाई कुनै पनि हालतमा मान्य नहुने उनले बताए । नेपाली भूमी मिचेर तयार गरिएको नक्साले स्वाभिमान देशप्रति चोट पुगेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । प्रदेश नम्बर ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा जिल्ला अस्पतालको उद्घाटन गर्दै उनले कालापानीलगायत नेपाली भूभाग संरक्षणको लागि वर्तमान सरकारले काम सुरु गरिसकेको जिकिर गरे । 

'सुगौली सन्धिबाट कायम रहेको काली नदी पूर्वको नेपालको भूभाग समेतलाई समेट्न भारतबाट एकतर्फी राजनीतिक नक्सा प्रकाशित गरेको छ, 'मुख्यमन्त्री पोखरेलले भने, 'उक्त नक्सा र नेपालको भूमी रक्षाका लागि सरकारले काम सुरु गरिसकेको छ । हाम्रो भूमीको रक्षा गर्न हामी तयार छौं ।'

दुई घनिष्ठ छिमेकीका बीचमा संसय पैदा हुनु र संसय कायम रहिरहनु निश्चित रूपमा दुवै देशको हितमा नहुने उनको भनाइ छ । फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि सबैभन्दा संविधानमा उल्लेखका कुरालाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताए । 

नागरिकलाई गुणस्तरीय सेवा प्रवाहका साथै सम्पन्न गराउनका लागि जिल्ला अस्पताल स्थापना गरिएको उनको भनाइ थियो । प्रदेश सरकार सधैं पनि नागरिकको हकअधिकारको पक्षमा रहेको प्रष्ट पारे । प्रदेशलाई सम्पन्न बनाउनका लागि प्रदेश सरकारले गुरुयोजना निर्माण गरेर काम गर्दै आएको बताए । 

प्रदेशको स्थायी राजधानीको र नाम टुंग्याउन नसकेको भन्दै आयोचना भइरहेको बेला मुख्यमन्त्री पोखरेलले मंसिर महिना भित्रमा टुंगो लाग्ने जानकारी दिए । प्रदेशको नाम र राजधानीको टुंग्याउनको लागि उपसमितिले काम गरिरहेको र त्यो अन्तिम चरणमा पुगेको छ,' उनले भने, 'अहिले उपनिर्वाचनको आचारसंहिता लागेको छ । चुनाव सकिएपछि यसै महिनामा टुंगो लगाउँछौं ।' 

रुकुम पूर्व ७७ जिल्लाको रुपमा नयाँ जिल्ला निर्माण भएपछि पहिलो पटक यहाँ जिल्ला अस्पतालको स्थापना गरिएको छ । जिल्ला अस्पताल नहुँदा यहाँका बिरामी उपचारको लागि र विभिन्न दुर्घटनामा परेर निधन भएकाको शव परीक्षणका लागि रुकुम पश्चिममा पुग्नुपर्ने बाध्यता थियो । जिल्ला अस्पताल स्थापना भएपछि जिल्लामै उपचार पाउने भएपछि स्थानीय खुसी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.