मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भिमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्को एकजना घाइते भएका छन्। 

बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाइकल मदन भण्डारी स्मृति लोकमार्गको भिमाखण्डमा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुनसरीको कालाबन्जर गाउँपालिका ३ का २३ वर्षीय दिपक बिकको मृत्यु भएको हो। 

दुर्घटनामा मोटरसाइकलमा सवार दिपकका दाजु २४ वर्षीय रमेश बिक घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए। उनलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ। घाइते दुबैजनाको प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार हुँदै गर्दा चालक दिपकको ज्यान गएको हो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.