भीषण आगलागीबाट बच्यो काँडाताली

भीषण आगलागीबाट बच्यो काँडाताली

डोल्पा : भीषण आगलागी भएको छ। ठुलीभेरी नगरपालिका ६ मा पर्ने काँडाताली गाउँमा भीषण आगलागीबाट भएको हो। काँडाताली गाउँ नजिकै धुपीरुख भन्ने जंगलमा लागेको आगो सल्किदै काँडाताली गाउँमा पस्न लाग्दा स्थानीयले थाहा पाएका थिए ।

सिँगो गाउँमा आगो पस्न थालेपछि स्थानीयले छिमेकीलाई बोलाएर आगो नियन्त्रणमा लिएको स्थानीय मेरबहादुर बुढाले जानकारी दिए । सोमबार बिहान ७ बजेतिर लागेको आगोले धुपीरुख भन्ने जङ्गल पूरै खरानी भएको छ । त्यसैगरी स्थानीयले हिउँदमा गाईवस्तुका लागि संकलन गरेर रुखमा राखेको हजारौ भारी घाँस समेत जलेर नष्ट भएको स्थानीय मेरबहादुर बुढाले बताए ।

'खाना पकाउन लागेको थिए, एक्‍कासी आगोको मुस्लो देखियो । आत्तिएर कराए । गाउँका सबैलाई जानकारी दिए। बिहान सबै घरमा भएकाले गाउँ जोगियो नत्र गाउँ नै खरानी हुने थियो,' बुढाले भने ।

नजिकैका थरगाउ दुरगाउँ र काँडाताली समेतका तीन गाउँका मानिसको निरन्तर प्रयासपछि दिउँसो करिब २ बजेतिर मात्र आगो नियन्त्रणमा आएको बुढाले जानकारी दिए । कसले किन आगो लगायो भन्ने केही जानकारी नभएपनि बिहान जंगलमा गएकाले लगाएको हुनसक्ने अनुमान गरिएको छ । 

'माथि गा‍उँ र तल घनाजंगलमा लागेको आगोले सिँगो काँडाताली गाउँ नै सखाप पार्छकी भन्ने डर थियो तर गाउँलेको अथक प्रयासले नियन्त्रणमा आयो । मानवीय तथा पशुचौपायको क्षति हुन पाएन,' थरगाउँका सुवर्ण बुढाले बताए ।

आगलागीबाट थर गाउँ र काँडाताली गाउँको झण्डै ५ लाख भन्दा बढी क्षति भएका हुनसक्ने अनुमान स्थानीयले गरेका छन्।  घाँसपात र स्याउ ओखरलगायतका बिरुवा समेत नष्ट भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.