बिमाको औषधि लिन रिट

बिमाको औषधि लिन रिट

प्रकाश उपाधयाय /जुम्ला : स्वास्थ्य बिमाको सुविधाअन्तर्गत अस्पतालले औषधि नदिएको भन्दै उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा रिट परेको छ । अधिवक्ता अनिता तिमिल्सिनाले बिहीबार रिट दर्ता गरेकी हुन् ।

स्वास्थ्य बिमा बोर्ड, जिल्ला प्रशासन कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विपक्षी बनाइ परमादेशको मागसहित रिट दायर भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमाअन्तर्गत बिरामीलाई निःशुल्क दिनुपर्ने अधिकांश औषधि निजी फार्मेसीमा पठाउने गरेकाले रिट हाल्नुपरेको अधिवक्ता तिमिल्सिना बताइन् ।

रिटमा स्वास्थ्य बिमाअनुसारका १ हजार १ सय १८ प्रकारका औषधि बिरामीलाई उपलब्ध गराउनुपर्ने, गुणस्तरीय औषधि आपूर्तिको व्यवस्था गर्नुपर्ने, बिरामीले औषधि पाए नपाएको अनुगमन गर्नुपर्ने र अनुगमन गरे नगरेको प्रतिवेदन एक साताभित्र अदालतमा पेस गर्न माग गरिएको छ ।अधिकांश कर्णालीबासीलाई बिमा हर्ष न विस्मात् भैरहेका बेला जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही राम्रो सुविधा छ भनिए पनि निःशुल्क औषधि उपलब्ध गराउने सम्बन्धमा धेरै गुनासो आउने गरेको छ । अस्पतालको फार्मेसीमा आवश्यक औषधि न हुने र अस्पताल बाहिरका निजी औषधि पसलबाट बिरामीले चर्को मूल्यमा किन्न बाध्य भएको गुनासो सर्वसाधारणको छ ।

प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार प्रतिष्ठानले टेन्डर मागेको तर कुनै पनि कम्पनीले सबै औषधि उपलब्ध गराउन नसकेकाले समस्या आएको हो । उनले अहिले ६ सय ५६ प्रकारका औषधिको टेन्डर मागेर आपूर्ति सम्झौता हुन लागेको जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.