दैलेखमा माइक्रो बस दुर्घटना : ३ को मृत्यु, ७ जना घाइते

दैलेखमा माइक्रो बस दुर्घटना : ३ को मृत्यु, ७ जना घाइते

दैलेख : दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै (माइक्रो बस)हाइस दुर्घटना हुँदा ३ जनाको ज्यान भएको छ । सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार ७ जना घाइते भएका छन्। 

घाइतेको उद्वार भइरहेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए । प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ गइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी ओलीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.