दैलेख दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै

दैलेख दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै

दैलेख : दैलेखमा माइक्रो बस (हाइस) दुर्घटना हुँदा घटनास्थलमै ज्यान गुमाएका तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा विरेन्द्रनगरनगरपालिका ३ सुर्खेतका ५७ वर्षीय थिरे सुनार, सानोश्री नगरपालिका ८ बर्दियाका २९ वर्षीय नामबहादुर बडुवाल र उनका पत्नी २७ वर्षीया कमला बडुवाल रहेको दैलेखका डीएसपी हरिबहादुर ओलीले जानकारी दिए।

दुर्घटनामा चालकसहित १५ जना घाइते भएको डीएसपी ओलीले जानकारी दिए ।घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । विरेन्द्रनगर नगरपालिका १८ का चालक नरेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको ढाडमा चोट लागेको दैलेख प्रहरीले जनाएको छ ।

सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दैलेखको गुराँस गाउँपालिका ४ घोडाबास नजिकै दुर्घटना भएको थियो ।तीव्र गतिमा रहेको माइक्रो बस (हाइस) पानी भएको खाल्डो कटाउन खोज्दा अनियन्त्रीत भई दुर्घटना भएको चालक शाहीले प्रहरीसमक्ष बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.