चुरेबाट एकै दिन १० ट्याक्टर नियन्त्रण

चन्द्रपुर : संरक्षित चुरे क्षेत्रबाट अवैध रुपमा हुने ढुँगा निकासी नरोकिएपछि प्रहरी सकृय हुन थालेको छ। प्रहरीले शुक्रबार मात्रै चुरे क्षेत्रबाट निकासी गरीरहेको ढुँगासहित १० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
पछिल्लो तीन महिनामा प्रहरीले ४० वटा ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा डीएसपी कवित कटवालले जानकारी दिएका छन्। डिभिजन वन कार्यालयको गस्ति टोलीले पनि यस अवधिमा तीन दर्जनभन्दा बढी ट्याक्टर नियन्त्रणमा लिएर कारवाही गरेको जनाएको छ।
अनधिकृत रुपमा निषेधित क्षेत्रबाट नदीजन्य सामाग्री निकासी गरेकाले सामाग्रीसहित ट्याक्टर नियन्त्रणमा लिएर वन कार्यालय र नगरपालिकालाई कारवाहीका लागी बुझाउने गरेको डीएसपी कटवालले जानकारी दिए। रौतहटको चन्द्रपुर–३ स्थित गैडाटार आसपासमा रहेको हिलेखोला, चादी नदी, धु्रवखोला, सुतनी खोलाबाट ढुँगा तस्करी हुने गरेको छ।
चुरे क्षेत्रबाट दैनिक दर्जन ट्याक्टरमा ढुँगा चोरी निकासी हुँदा राष्ट्रपती चुरे संरक्षण कार्यक्रमलाई चुनौती थपिएको छ। राष्ट्रपती चुरे सरक्षण कार्यक्रम सञ्चालन रहेको क्षेत्रमा ढुँगा तस्करी रोकिएको छैन।
प्रहरीले ढुगा तस्करी नियन्त्रणमा सकृयता देखाएपनि व्यवसायीहरुले चुरेक्षेत्रबाट अवैधरुपमा ढुगा निकासी गर्न छाडेका छैनन। अवैधरुपमा हुने ढुगा निकासी को बिरोध गर्दा ज्यान नै जोखिममा पर्ने गरेको स्थानियबासी बताउछन। व्यापारीहरुको धम्कीका कारण ढुगा तस्करीको बिरोध गर्ने व्यक्तिहरु खुलेर वोल्न चाहादैनन। ढुगा व्यापारीहरुले चन्द्रपुर ३ को गैडाटार नजिकै वनठाबजार आसपासमा ढुगा संकलन गरेको राखेका छन। त्यसरी अवैधरुपले राखेको ढुगा वन कार्यालयले जफत गर्नुपर्ने स्थानियको माग छ।
चन्द्रपुर नगरपालिकाले चादी नदीको गैडाटार भन्दा दक्षिण र राजमार्ग भन्दा दक्षिण यस्तै बागमतीमा पनि राजमार्ग भन्दा ५ सय मिटर दक्षिण बाट मात्रै नदीजन्य पदार्थ निकासी गर्न अनुमती दिएको छ।
राजमार्ग दक्षिणमा रहेका नदिहरुमा ढुगा नभएको भन्दै व्यवसायीहरुले चुरेको फेदी मै पुगेर ढुगा निकासी गर्दै आएका छन। जिल्लाको धन्सर खोला देखी बागमती नदी सम्म करीव ३० किलोमिटर चुरेक्षेत्रमा २०६७ साल देखि चुरे संरक्षण कार्यक्रम संचालनमा छ। चुरेक्षेत्रमा रहेका केहि सामुदायिक वन समितीले समेत ढुगा निकासी रोक्न सकेको छैनन। रौतहटको चुरेक्षेत्रमा १५ भन्दाबढी सामुदायिक वन उपभोक्ता समिती छ। चुरेक्षेत्र संरक्षणका लागि डिभिजन वन कार्यालय सकृय रहेको र ढुगा चोरी निकासी गर्ने लाइ कार्वाही गर्दै आएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
