फरार चार थुनुवा पक्राउ

फरार चार थुनुवा पक्राउ

सिरहा : इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट ताल्चा तोडेर शनिबार भागेका आठ थुनुवामध्ये चार जना पक्राउ परेका छन्। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित इलाका प्रहरी कार्यालयबाट भागेका उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। चारमध्ये तीन जना मंगलबार राति र एक जना तत्काल पक्राउ परेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

विवाहपञ्चमी र उपनिर्वाचनको सुरक्षाका लागि प्रहरी खटिएको मौका छोपेर साँझको खाना खाने बेलामा थुनुवा कक्षको पछाडी पट्टिको ताल्चा तोडेर ८ जना पुरुष थुनुवा फरार भएका थिए। फरारमध्ये नरहा गाउँपालिका–१ तिलाठीका २३ वर्षीय नविन यादव, गोलबजार नगरपालिका–६ का २१ वर्षीय गणेशकुमार साह, सखुवान्कारकट्टी गाउँपालिका भोर गाउँका २१ वर्षीय रणधीर यादवसहित तीन जना मंगलबार राति पक्राउ परेका हुन्। हिरासतबाट भाग्ने योजनाकार भनिएका नविन ४५ दिनअघि ८९ बोतल डाइलक्स डिसी (लागूऔषध)सहित पक्राउ परी लागूऔषध मुद्दामा प्रहरी हिरासतमा थिए।

अर्का योजनाकार गणेशकुमार साह ८९ बोतल डाइलेक्स डिसीसहित पक्राउ परी लागूऔषध मुद्दामा हिरासतमा थिए। रणधीर ४६ बोतल डाइलेक्स डिसीसहित पक्राउ परेका हुन्। शनिबार पक्राउ परेका मोरङका रोशन खड्का पनि लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थिए। थुनुवाले १५ दिनअघि नै भाग्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हिरासतबाट ८ जनासँगै भागे पनि बाहिर सबै एक्ला एक्लै लुकेका थिए। ‘फरारमध्ये योजनाकारसहित चार जना पक्राउ परिसकेका छन्’, एसपी चतुर्वेदीले भने, ‘फरार अन्यलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। चाँडै पक्राउ पर्छन्।’.


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.