विद्युत सर्ट हुँदा चार घरमा आगलागी
राजविराज : विद्युत सर्ट भइ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बिहीबार चार घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बढी क्षति भएको बताइएको छ ।
हनुमाननगर कंकालिनीको वडा नम्बर ३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत सर्ट भइ आगलागी हुँदा उनको घर पूर्ण रुपमा क्षति भएको छ । भिन्दवारसहित श्याम शर्मा, मनोज पघैया र बिनोद पघैयाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीले घरहरु र घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचरका सामाग्री जलेर नष्ट हुँदा १० लाख २३ हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवम सूचना अधिकारी तिलक भारतीले बताए ।