गर्भपतन गराउँदा महिलाको मृत्यु

गर्भपतन गराउँदा महिलाको मृत्यु

राजविराज : असुरक्षित गर्भपतन गराउँदा सप्तरीमा एक महिलाको मृत्यु भएको छ। गर्भपतनको औषधी सेवन गरी असुरक्षित गर्भपतन गराउँदा तिरहुत गाउँपालिका ५ लोहजराकी ३० वर्षीया अन्जुदेवी महतोको मृत्यु भयो।

गर्भपतनपछि अत्यधिक रक्तश्राव भइ अवस्था गम्भीर बनेपछि अन्जुलाई उनका श्रीमान महेन्द्र महतोले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरे। उनको उपचारकै क्रममा मृत्यु भयो।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आर्थिक अवस्था अत्यन्त कमजोर रहेका महतो दम्पतिका एउटा अपाङ्गता भएका १२ वर्षीय छोरा तथा सात, पाँच र दुई वर्षका तीन छोरी छन्।

‘गर्भ बसेपछि उनले औषधी सेवन गरी असुरक्षित गर्भपतन गराएकी रहिछन्,’ डिएसपी मिश्रले भने, ‘गर्भपतनपछि अत्यधिक रक्तश्राव भइ महिलाको स्वास्थ्य स्थिति बिग्रिएछ, राजविराजमा उपचार गराउँदा महिलाको मृत्यु भयो।’

सरकारले असुरक्षित गर्भपतनबाट हुने मातृमृत्युमा कमी ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। गर्भपतनलाई कानुनी रुपमा अझ सुधार गरेर सुरक्षित बनाउन सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ स्विकृत गरेको छ। गर्भपतन सेवा प्रदान गर्न तीन हजार सात सयभन्दा धेरै स्वास्थ्यकर्मीहरू तालिम प्राप्त छन्। एक हजार तीन सयभन्दा बढी सुरक्षित गर्भपतन प्रदान गर्ने केन्द्र छ। नेपालको ७७ वटै जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। तर जानकारी र पहुँचको अभावमा सुरक्षित गर्भपतनको सेवा लिन नसक्दा महिलाहरुको मृत्युको क्रम नरोकिएको सिनियर स्टाफ नर्स लक्ष्मी चौधरीले बताइन्।

‘अबको गन्तव्यः असुरक्षित गर्भपतनको अन्त्य’ नाराका साथ सुरक्षित गर्भपतनको सूचना र जानकारी दिएर मातृमृत्यु दर घटाउने सरकारले लक्ष्य लिए पनि जानकारी अभावका कारण असुरक्षित गर्भपतन गर्ने महिलाको संख्या ठूलो छ। सरकारले असुरक्षित गर्भपतनको बारेमा प्रचारप्रसार र सेवा बढाए पनि प्रादेशिक तथा स्थानीयस्तरमा यस सेवाबारे जानकारीमा कमी रहेको कारण मृत्यु दर बढेको तिरहुत ४ का बिजय यादव बताउँछन्।

नेपालमा सरकारले गर्भपतनका लागि सूचीकरण गरेको स्वास्थ्य संस्थामा महिलाको मञ्जुरीमा दक्ष स्वास्थ्यकर्मीद्वारा १२ हप्तासम्मको गर्भ सुरक्षित तरिकाले गर्भपतन गर्न सकिने कानूनी व्यवस्था छ। विशेष अवस्थामा गर्भवती महिलाको मञ्जुरीले २८ हप्तासम्मको गर्भ सुरक्षित तरिकाले गर्भपतन गराउन सकिने व्यवस्था सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १५ मा उल्लेख छ। तर जानकारी अभाव र सामाजिक मान्यताका कारण तराईका सीमावर्ती क्षेत्रमा निजी क्लिनिक र भारतमा गई गोप्य ढंगले असुरक्षित गर्भपतन गर्ने प्रचलनसमेत रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.