सीमा अतिक्रमणको विरोधमा धर्ना
बेनी : मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले सीमा अतिक्रमणको विरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाली भूभागमाथि भारतीय अतिक्रमणको विरोधमा दिउँसो ११ देखि ११.३० बजेसम्म धर्ना बसेको हो।
भारतले नेपाली कालीपानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर हालै प्रकाशन गरेको नक्सा सच्याउन तथा नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गराउनुपर्ने माग सहित धर्ना बसेका थिए ।
देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा धर्ना कार्यक्रम आयोजना गरिएको शाखा सभापति नवराज पौडेलले बताए । काठमाडौंमा भारतीय राजदुतावास अगाडि धर्ना बस्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।
समाजका पूर्व वरिष्ठ उपसभापति राम्जीप्रसाद सुवेदीले सरकारले नक्सा सच्चाउन भारतसंग गरेको कुटनीतिक पहलको वेवास्ता गरेमा अन्तराष्ट्रिय समुदायको साथ लिनुपर्ने बताए ।