सुन्तला टिप्ने चटारो (फोटोफिचर)

सुन्तला टिप्ने चटारो (फोटोफिचर)

बेनी : म्याग्दीका कृषक यतिखेर सुन्तला टिप्ने र बजार पठाउने चटारोमा छन्। सुन्तला व्यापारी गाडीसहित कृषकका बगैंचामै पुगेका छन्। खाद्य बालीको विकल्पमा सुन्तला खेती गरी राम्रो आम्दानी गर्न सफल भएको बेनी नगरपालिका–४ बास्कुनाका कृषक तिलक गुरुङ बताउँछन्। उनका अनुसार यो वर्ष बास्कुना र सुर्केमेलामा करिब चालीस लाखको सुन्तला निकासी हुँदैछ। 

दुई सय बोटमा सुन्तला फलाएका गुरुङले पाँच लाखमा ठेक्का दिएका छन्। परम्परागत रूपमा धान, मकै, कोदो, गहुँ खेतीको विकल्पमा गाउँभरि सुन्तलाका बिरुवा लगाएका छन्। 

बास्कुनाका १९ र सुर्केमेलाका ५ घरका कृषकले व्यवसायिक सुन्तला खेती गरेका छन्। गाउँका सबै खेतबारीमा सुन्तलाका बिरुवा लगाएका छन्। पूर्व फर्किएको भिरालो पाखोमा हाँगा नुगाउने गरी लटरम्म फलेका सुन्तला पाकेर पहेलै भएको छ।

एउटा घरकाले एक सयदेखि सात सय बोटसम्म सुन्तला लगाएका छन्। सुर्केमेलाका रोशन क्षेत्रीले सडक र यातायात सुविधा भएकाले सुन्तलाको बजारीकरणमा सजिलो भएको बताए। १५० बोटमा सुन्तला फलाएका क्षेत्रीले बुधबार मात्र डेढ लाख मूल्य बराबरको करिब ३ हजार किलो सुन्तला काठमाडौँ पठाए। 

सुन्तला खेती गरेपछि घरखर्च चलाउन र छोराछोरी पढाउन विदेश जानु नपरेको स्थानीय दलप्रसाद घर्तीले बताए। दानाको आकार र गुणस्तर अनुसार ग्रेडिङ गरेर प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले सुन्तला खरिद गरेको नवरपरासीका व्यापारी हरि तामाङले बताउँछन्। 

केही ठाउँमा दाना झर्ने र बोट सुक्ने समस्या देखिए पनि यसपाली म्याग्दीमा सुन्तला उत्पादन बढेको सुन्तला जोन सञ्चालक समितिका अध्यक्ष खिम पुनले जानकारी दिए। म्याग्दीको सात सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती  गरिएको छ। 

वार्षिक सात करोड रुपैयाँ बराबरको दुई हजार पाँच सय मेट्रिकटन सुन्तला उत्पादन हुने कृषि ज्ञान केन्द्रले जानकारी दियो। सिंचाई र रोगकिराको व्यवस्थापन म्याग्दीको सुन्तला खेतीमा देखिएको मुख्य चुनौति हो। 

सुन्तला खेती प्रर्वद्धन गर्न म्याग्दीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तला जोन स्थापना भएको छ। म्याग्दी, पर्वत र बागलुङका ८ स्थानीय तहका ५२ वडालाई समेटेको जोन मार्फत कृषकहरुलाई सुन्तला खेतीमा सहयोग गरिएको परियोजनाका वरिष्ठ कृषि अधिकृत सूर्य बरालले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.