सार्वजनिक शौचालय निर्माणमा असहयोग

सार्वजनिक शौचालय निर्माणमा असहयोग

ललितपुर : ललितपुर महानगर–१५ वडाले सार्वजनिक शौचालय निर्माण सम्बन्धमा काठमाडौं चक्रपथ सुधार आयोजनालाई जेठमा पत्राचार गरेको थियो। पत्राचार गरेको ६ महिना बितिसक्दासमेत ठोस जवाफ आएको छैन।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को उपदफा ‘ग’ अनुसार सार्वजनिक शौचालय माग गरिएको वडा नम्बर १५ का अध्यक्ष सुदर्शन मि श्रले जानकारी दिए। यस दफाअन्तर्गत विकासतर्फको ‘९’ मा सार्वजनिक शौचालय, स्नानगृह र प्रतीक्षालयको व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार सातदोबाटो चोकमा निर्माणाधीन आकाशेपुलमुनि अत्याधुनिक सार्वजनिक शौचालय तथा स्नानगृह बनाउने तत्परता वडाले देखाएको थियो। तर, चक्रपथ सुधार आयोजनाले सहयोग नगर्दा निर्माण अगाडि बढ्न नसकेको मिश्रले गुनासो गरे।

काठमाडौं चक्रपथ सुधार आयोजनाको ललितपुरखण्डमा मात्रै ६ वटा आकाशे पुल बनाउने योजना छ। बालकुमारी, सातदोबाटो र सानेपाका तीन वटा आकाशे पुलको काम ७० प्रतिशतभन्दा धेरै भइसकेकोे आयोजना प्रमुख अमृतमणि रिमालले बताए। सातदोबाटोमा निर्माणधीन अवस्थामा रहेको आकाशेपुल भएको ठाउँमा वडाले सुविधा सम्पन्न अत्याधुनिक सार्वजनिक शौचालय बनाउने उत्सुकता देखाए हो। तर, चक्रपथ सुधार आयोजनाले भने अनुमति दिएको छैन। ‘सम्बन्धित निकायले महिनौंसम्म झुलाएर राख्यो,’ अध्यक्ष मिश्रले भने, ‘अत्यावश्यक ठाउँमा समेत सार्वजनिक शौचालय बनाउने अनुमति छैन।’

शौचालय नभएका कारण नागरिकले दिनहुँ कठिनाइ भोग्नुपरेको उनले बताए। वडाले उपत्यकाको एउटा नमुना शौचालय बनाउने जमर्को गरेको मि श्रको भनाइ छ। सार्वजनिक शौचालय निर्माणका लागि काम गर्दै आएको संस्था एरोसानका अनुसार ललितपुर महानगरमा ६ वटा सार्वजनिक शौचालय सञ्चालित छन्। एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले भएका शौचालयसमेत फोहोर, दुर्गन्धित, भौतिक संरचना लथालिंग अवस्थामा रहेको जनाए।

विश्वसम्पदा सूचीमा रहेको तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको पाटन दरबार क्षेत्रमा समेत शौचालय नहुँदा पर्यटक मारमा परेका छन्। मंगलबजारमा पर्यटकका लागि बनाइएको एक मात्र शौचालय पनि ०७२ को भूकम्पपछि राम्ररी सञ्चालन भएको छैन। भ्रमण वर्षलाई लक्ष्य गर्दै मंगलबजारदेखि पुल्चोकसम्मका केही घर भाडामा लिएर शौचालय बनाउने महानगरले बताएको थियो। तर, उक्त काम अगाडि बढेको छैन।

महानगर प्रमुख चिरीबाबु महर्जनले लगनखेल र जाउलाखेलको शौचालय अपग्रेट गर्न चाहेको बताए पनि काम अगाडि बढाउन सकेका छैनन्। उनले भने, ‘शौचालय निर्माणका लागि सार्वजनिक जग्गा भेटिन्न। जग्गा मिलेको ठाउँमा पनि स्थानीयले बनाउन दिँदैनन्।’ जात्रापर्वका लागि हुने र अरू बेला पनि प्रयोग गर्न मिल्ने मोबाइल ट्वाइलेट खरिद गर्न चाहेको महर्जनले बताए। चक्रपथखण्डमा एउटा मात्र शौचालय सञ्चालनमा देखिएको छ। ग्वार्कोमा रहेको सार्वजनिक शौचालय यात्रुका लागि पर्याप्त नभएको वडाध्यक्ष मिश्रको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.