घर घरमा पानीका धारा

घर घरमा पानीका धारा

कालिकोट : जिल्लाको पलाता गाउँपालिकाले पाँच सय घरदुरीमा मिटरसहितको खानेपानी धारा जडान गरेको छ । हरेक घरमा शुद्ध पानी पुर्‍याउने लक्ष्य राखेको पलाँता गाँउपालिकाले दुई आर्थिक वर्षमा पाँच सय घरधुरीमा मिटरसहितका खानेपानी धारा जडान गरेको हो । 

विगतदेखि खानेपानीको समस्या भोग्दै आएको पलाता गाउँपालिकामा रहेका २ हजार ९ सय घरधुरीमध्ये ५ सय घरधुरीमा मिटरसहितको धारा जडान गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए ।

पलाता गाउँपालिकाको २ को वान्जाडा, वडा नं १ को खाडा, वडा नं ७ को पारौटि, वडा नं ८ को बेर्सनकोट, सुनवाडा लगातका ठाउँमा स्थानीय नागरिकले घर आँगनमा रहेको मिटरसहितको धाराबाट पानी खान पाएपछि हर्षित भएका छन्। 

हामीलाई खानेपानीको समस्या थियो, घरको आँगनमा मिटरसहितको शुद्ध खानेपानीको धारा जडान भएपछि अहिले हर्षित  छौं पलाँता गाउँपालिका १ का स्थानीय बालऋषि न्यौपानेले भने । 

उनले भने, 'पहिले खोला खाल्साबाट पानी ल्याउनुपथ्र्यो । धमिलो पानी छानेर खानुपर्ने बाध्यता थियो । पटक पटक झाडापखालाको शिकार पनि भएका थियो । अहिले त्यो समस्या छैन् ।'

पालाता गाउँपालिकाले हरेक घरधुरीमा मिटरसहितको खानेपानी धारा जडान गर्ने लक्ष्य राखेको छ । गाउँपालिका अध्यक्ष बमले भने, 'पानीको प्रमुख समस्या हुने बान्जाडाका नागरिकले घरआँगनमै खानेपानीका धारा पाएपछि अहिले खाली गाग्रा समाजिक संजालमा आउन बन्द भएको छ । पलाता गाउँपालिका २ बान्जाडाका नयाराम न्यौपानेले भने, 'हाम्रो गाउँमा खानेपानीको समस्याले १० वर्षदेखि सताइरहेको थियो ।बल्ल छुटकरा पाइयो।'

चालु आर्थिक वर्षमा नै गाउँपालिकाले धौलागोह गाउँमा ल्याएको पानीबाट एक लाइन फटाएर गाउँमा मिटरसहितका धारा जडान गरेपछि निकै सहज भएको छ । बान्जडाका लागि तय गरिएको बुड्ने खानेपानी आयोजना निर्माण भइरहेको छ ।

पलाँता गाउँपालिका अध्यक्ष बमका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट १० करोड बजेट खानेपानीका योजना निर्माण गर्दैछ । करिब ४ करोड ३१ लाखको जनश्रमदान सहितको लगानीमा ५ सय मिटरसहितको धारा जडान गरिएको छ । गाउँपालिकामा २ हजार ९ सय घरधुरी छन् । सबैको घरमा यसै आर्थिक वर्षमा खानेपानी पुर्‍याउने लक्ष्य छ । यो आर्थिक वर्षभित्र सबै वडामा मिटरसहितको धारा जडान गरिने छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.