कालिकोटमा भारी हिमपात र वर्षा, किसान गहुँ छर्ने तयारीमा

कालिकोटमा भारी हिमपात र वर्षा, किसान गहुँ छर्ने तयारीमा

कालिकोट : कालिकोटमा मंसिर महिनामै भारी वर्षासँगै हिमपात भएको छ । झण्डै एक दशकदेखि मंसिर महिनामा हिमपात भएको थिएन । खडेरीका कारण जिल्लाको कृषि उत्पादनमा बर्षेनी ह्रास हुँदै आएको थियो। शुक्रबार भएको भारी वर्षासँगै हिमपातले जाडो निकै बढेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ। बिहीबार रातीदेखि लगातार वर्षा भएसँगै भारी हिमपात भइरहेको छ। 

गत वर्ष कालिकोटमा माघ महिनामा मात्र हिउँ परेको थियो । जिल्लामा पानी नपर्दा किसानको पाखाबारी बाँझै रहेको थियो । अब पानी रोकिएपछि पाखो बारीमा किसान गहुँ छर्ने भएका छन्। बर्षेनी पर्दै आएको खडेरीका कारण निरास बनेका किसान  यसबर्ष समयमै वर्षासँगै हिउँ परेपछि निकै खुसी भएका छन् ।

समयमै परेको वर्षाका कारण हिउँदे बाली सप्रिने भएपछि किसानलाई राहात भएको छ । हिमपातपछि कालिकोट सदरमुकाम मान्मदेखि देखिने उच्च हिमालय र चुचुरा सेताम्मे भएका छन् । भारी वर्षा र हिमपातका कारण कालिकोटमा अत्यधिक जाडो बढेको छ । बिहीबार रातीदेखि परेको पानी र हिमपातले जाडो निकै वृद्धि भएकाले नागरिकलाई सजकता अपनाउन प्रशासनले आग्रह गरेको छ । 

कालिकोटका निमित्त प्रमुख जिल्ला अधिकारी मबबहादुर नेपालीले जिल्लाभर भारी वर्षासँगै हिमपात भइरहेकाले स्थानीयलाई जाडोबाट जोगिन आग्रह गरिएको बताए । यसैगरी जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले झरीसँगै बढ्दो चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकी निमोनिया दमजस्ता रोगबाट बच्न न्यानो कपडासहित तातोमा रहन आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.