सुख्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

सुख्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

बेनी : मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक शनिबार बिहानैदेखि अवरुद्ध भएको छ। शुक्रबार राती म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने गुइठेभिरमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो। 

पहिरो पन्छाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। ‘पहिलो ठूलो खसेकाले सडक खुलाउन उपकरण परिचालन गरेपनि दिनभर लाग्ने अनुमान छ,’ उनले भने। देशका विभिन्न ठाउँबाट बेनी हुदै मुस्ताङ जान हिडेका र मुस्ताङ हुदै बेनी तर्फ छुटेका सवारी साधनहरु बिच बाटोमै रोकीएका छन्। 

सडक अवरुद्ध हुँदा स्थानीयबासी, मुक्तीनाथ जाने र फर्कने तिर्थयात्री तथा पर्यटकहरु प्रभावित भएका छन्। स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडकको गुइठेभिर खण्ड जोखिमयुक्त मानिन्छ। 

यसैगरी सडकमा हिउँ जमेपछि मुस्ताङको यातायात सेवा पनि प्रभावित भएको छ। जोमसोम हँुदै उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा अवरुद्ध भएको छ। जोमसोमदेखि घाँसा र मुक्तिनाथ जोड्ने सडकमा भने हिउँ पन्छाएर सवारी सञ्चालन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.