पात झार्नेक्रममा खुट्टामा खुकुरी लागेर लड्दा मृत्यु

पात झार्नेक्रममा खुट्टामा खुकुरी लागेर लड्दा मृत्यु

राजविराज : पात झार्ने क्रममा आफ्नै खुट्टामा खुकुरी लागेपछि रुखबाट लडेका एक युवकको मृत्यु भएको छ। खोटाङको बारापोखरी गाउँपालिका ६ घर भई सप्तरीको सप्तकोशी नगरपालिकामा बस्दै आएका ४० वर्षीय शुक्र राईको आइतबार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

बाख्राका लागि घाँसपात लिन गंगाजलीस्थित जंगल गएका राई पात झार्ने क्रममा सालको अग्लो रुख चढेका थिए । अग्लो रुखमा चढेर खुकुरीले पात झार्ने क्रममा आफ्नै बायाँ खुट्टामा खुकुरी लागेर रक्ताम्य भएपछि उनी लडेर ढुंगामा बजारिदा मृत्यु भएको प्रहरी चौकी फत्तेपुर, सप्तरीले जनाएको छ । 

राई विगत १२ वर्षदेखि सप्तकोशी नगरपालिका ५ गंगाजलीस्थित बोधबहादुर खड्काको घरमा काम गरी बसेका थिए । खुकुरीले बाँया खुट्टा काटिएको र सोही क्रममा रूखबाट लडेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा आइतबार राईको शवको पोष्टमार्टम भइरहेको छ । शव बुझ्न खोटाङ्ग र धरानदेखि उनका आफन्त अस्पताल आइ पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.