विप्लवको अपहरणमा परेका गाउँपालिका अध्यक्षको उद्धार

विप्लवको अपहरणमा परेका गाउँपालिका अध्यक्षको उद्धार

विस्नप्रसाद न्यौपाने

कालिकोट : दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही अपहरण मुक्त भएका छन्। विप्लव नेतृत्वको पार्टीको अपहरणमा परेका शाहीलाई प्रहरीले आइतबार साँझ कालिकोटको शुपालिका गाउँपालिको एक जंगलबाट सकुसल उद्धार गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामबाबु ओलियाका अनुसार विप्लव कार्यकर्ताले एकान्त जंगलमा राखेको अवस्थामा उनको उद्धार भएको हो। प्रहरीले घेरा हाल्नुअघि नै विप्लव कार्यकर्ता भने उनलाई छोडेर भागेको प्रहरीको भनाइ छ। 

गाउँपालिकाका अध्यक्ष शाही, उनकी पत्नी र भाइ शनिबार राति अपहरणमा परेका थिए। शनिबार राति करिब १२ बजेतिर उनीलाई अपहरण परेका थिए। अध्यक्ष शाहीसँगै अपहरणमा परेकी पत्नी इला शाही भने यसअघि नै छुटेकी छन्। 

गाउँपालिका अध्यक्षका  भाइ हस्त शाहीका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका–२स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञात समूहले लिएर गएका थिए। उक्त समूहले भाइलाई आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएका थिए। 

आइतबार बिहान सुरक्षा समितिको बैठकले अपहरितको खोजी तिब्र पार्ने निर्णय गरे लगत्तै नेपाल र सशस्त्र प्रहरीको टोली खोजीमा सक्रिय भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.