कर्मचारी आक्रमणको विरोधमा पाँच दिनदेखि नगरपालिका बन्द

कर्मचारी आक्रमणको विरोधमा पाँच दिनदेखि नगरपालिका बन्द

रुकुम : वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गरेको विरोधमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको कामकाज पाँच दिनदेखि ठप्प छ ।  गत बिहीबारदेखि नगरपालिकामा कुनै काम भएको छैन । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि ३ का अध्यक्ष केशनमान विक नेतृत्वका युवाले आक्रमण गरेपछि यहाँ कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् ।  आक्रमणको विरोधमा कर्मचारीले नगरपालिकाको कामकाज ठप्प पारेका छन् । 

कर्मचारीको सुरक्षाप्रति नगर कार्यपालिका गम्भीर हुनुपर्ने भन्दै उनीहरुले गत बिहीबारदेखि नगरपालिकाको कामकाज गर्न छाडेका हुन् । गत बुधबार बेलुकी प्रमुख प्रशासकीय अधिकृत केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण भएको थियो ।

आक्रमणबाट प्रमुख प्रशासकीय अधिकृतको टाउकोमा पाँचवटा टाका लगाइएको छ भने सूचना प्रविधि अधिकृत चन्द सामान्य घाइते भएका थिए।  कार्यालयको काम गरी निवास फर्कने क्रममा बेलुकी ६ बजे नगरपालिका ९ राडी बजारमा उनीहरुमाथि आक्रमण भएको थियो । कर्मचारीले विभिन्न आठ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् । माग पूरा नभएसम्मका लागि कामकाज नगर्ने भन्दै उनीहरुले नगर कार्यपालिका समक्ष माग राखेका हुन् ।

घाइतेको किटानी जाहेरीपछि वडाध्यक्ष केशरमान विकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । उनको भाइ गोपाल र अन्य युवाहरु अझै फरार छन् । घटनको विषयमा अनुसन्धान भइरहेको र फरारको खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । घाइते केसीको अहिले काठमाडौंमा उपचार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.