घरमा झण्डा, हातमा अण्डा

घरमा झण्डा, हातमा अण्डा

बेनी : गर्भावस्थाको जोखिम न्युनिकरण र पोषण सुधारका लागि म्याग्दीको मालिका गाउँपालिकाले 'घरघरमा झण्डा, हातहातमा अण्डा' अभियान सुरु गरेको छ। मालिका गाउँपालिकाको २ रुमबाट गर्भवती भेटघाट कार्यक्रमअन्तरगत गर्भवतीको घरघरमा झण्डा राख्ने र अण्डा वितरण गर्ने अभियान सुरु गरेको हो । 

रुमका ४९ जना गर्भवतीलाई एक÷एक क्रेट अण्डा र घरमा राख्नका लागि हरियो झण्डा वितरण गरिएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन्।  'गर्भवती पहिचान, आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिउन भन्ने उद्देश्यले झण्डा राखिएको हो, 'उपाध्यक्ष बिटालुले भनिन्, 'घरमा राखेको झण्डाको आधारमा महिला स्वास्थ्य स्वयमेविका, स्वास्थ्यकर्मी, छिमेकी र पाहुनालाई पहिचान गर्न सहज हुन्छ।'

घरमा झण्डा राख्नुका साथै परिवारका सदस्यलाई गर्भावस्थामा पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श समेत दिने गरिएको छ। 

सुत्केरी भएपछि पोषिला खानेकुरासहित घरभेट गर्न जाने कार्यक्रम पनि बनाइएको छ । गाउँपालिकाको ७ वटै वडाका गर्भवतीका घरमा हरियो झण्डा राखिने उपाध्यक्ष बिटालुले बताइन् । 

बच्चाको ७५ प्रतिशत मानसिक तथा वौद्धिक विकास गर्भमै हुने भएकाले त्यो समयलाई विशेष महत्व र ध्यान दिनुपर्ने सन्देश घरघरमा पुर्‍याउन यस्तो अभियानले सहयोग पुग्ने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सन्तु कार्कीले बताइन्। 

यसैगरी मालिका गाउँपालिकाका गर्भवतीलाई प्रसूति सेवा लिनका लागि पालिका बाहिरा जानुपर्ने अवस्थामा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । प्रसूतिका लागि बर्थिङ सेन्टरमा गएकालाई रिफर गर्नुपर्ने अवस्थामा यस्तो अवस्था दिइने उपाध्यक्ष बिटालुले बताइन्। 

म्याग्दीको मालिका गाउँपालिकाको रुमका गर्भवतीलाई अण्डा र हरियो झण्डा वितरण गरिँदै ।तस्बिर : अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.