सरकारविरुद्ध विप्लव

सरकारविरुद्ध विप्लव

कालिकोट : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गाँउ-गाँउमा सरकार विरुद्ध जनमत बटुल्ने अभियान थालेको छ । नेकपा कालिकोटले पार्टीको केन्द्रीय सांस्कृतिक टोली सामना परिवार र भेरी कर्णालीको सांस्कृतिक टोली कालिकोटसँग मिलेर कार्यक्रम गरेको हो ।
     

नेकपाले जिल्लाका ९ वटा स्थानीय तहलाई अस्वीकार गरेको छ । पुराना साविकका ३० गाविसलाई आधार मानी कर्णाली नदी आसपास १७ वटा गाविसमा जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारी बिराड र तिला नदी आसपासका क्षेत्रका १३ वटा गाविसमा जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपको नेतृत्वमा सरकार विरुद्ध जनमत बटुल्ने अभियान थालेको हो । 

अभियानमा नेकपाका जिल्ला स्तरका नेता, विभिन्न संघ संगठनका नेता तथा सांस्कृतिक टोली पनि सहभागी थिए । पार्टीको एकीकृत जनक्रान्ति जनतालाई बुझाउन र क्रान्तिका लागि जनआधार तयार गर्न आफूहरूले गाँउ केन्द्रित अभियान थालेको नेकपा कालिकोटका इन्चार्ज कर्णबहादुर भण्डारी बिराडले बताए । उनले भने, 'अहिलेको व्यवस्थाका विरुद्धमा जनाधार तयार गर्नु पार्टीको पहिलो प्राथमिकता हो । हामी त्यसैका लागि गाँउ-गाँउमा जनतासँग छलफल केन्द्रित छौँ ।' 
   

उनले विगतमा तत्कालीन नेकपा माओबादीको जनयुद्धले ल्याएको परिवर्तन र संस्थागत गर्न नसकिएका उपलब्धीका विषयमा जनतालाई जवाफ दिँदै एकीकृत जनक्रान्तिका लागि जनताको साथ माग्ने बताए । उनले गाँउ-गाँउमा सिंहदरबार आयो भनेर ल्याइएको लुटतन्त्रका विरुद्धमा जनकारबाही गरिने बताए । 

उनले गाँउमा रहेका भ्रष्ट जनप्रतिनिधि, ठेकेदार, विकासी योजनाका उपभोक्ता समितिसमेत निसानामा रहेको बताए । नेकपाका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपले गाँउमा लुट मचाउने स्थानीय सरकारबाट नागरिक आजित भइसकेको बताए । समृद्धिका नारा दिएर कालिकोटमा भ्रष्टाचार गर्ने र सुर्खेत नेपालगञ्जतिर घर जग्गा खरीद गर्ने जनप्रतिनिधि, ठेकेदार र उपभोक्ता समितिमा रहने व्यक्तिलाई निरन्तर जनकारबाही गर्ने चेतावनी पनि दिए । 
   
केही दिन अगाडि मात्र दैलेख ठाँटिकाँध गाँउपालिका अध्यक्ष धिरबहादुर शाहीलाई अपहरण गरेको विषयमा जिल्ला सेक्रेटरी ऐडीले आर्थिक अनियमितताको गुनासो पार्टीमा आएकोले सोधपुछका लागि युवा संगठनले नियन्त्रणमा लिएको बताए । 
'धिरबहादुर शाहीलाई प्रहरीले उद्धार गर्‍यौँ भन्यो, तर हामीले सोधपुछ गरिसकेपछि छाडेका हौँ । हाम्रो लडाईं नेपाल प्रहरी, सेना जस्ता राज्यका सुरक्षा निकायहरुसँग छैन । हाम्रो लडाईं भनेकै भ्रष्ट, सामाजिक अपराधीसँगको हो । यो लडाईं जारी राखेका छौँ ।', उनले भने,  'तर भ्रष्ट जनप्रतिनिधि, ठेकेदार, उपभोक्तालाई पार्टीले जनकारबाही गर्दा कोही बाधक बन्न आउँछ भने प्रतिकार गर्छौँ । जसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार हुनुपर्छ । सरकारले नै हामीलाई जबरजस्त हिंसात्मक राजनीतिमा धकेल्न खोज्दैछ । सरकारले पार्टीका गतिविधिमा दमनको नीति लिएको छ । यसले राम्रो परिणाम आउँदैन।' 
     
नेकपा निकट युवा संगठनका कर्णाली ब्यूरो इन्चार्ज सितल बिष्टले भ्रष्ट विरुद्ध युवा संगठनले निरन्तर जनकारबाही गर्ने बताए । उनले भने, 'हामी संसदीय दलाल र भ्रष्टचारीलाई छाड्दैनौँ ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.