१२० भाषमा गीत गाउने १३ वर्षीया बालिकालाई ग्लोबल चाइल्ड अर्वाड
१३ वर्षीया सुचेता सतिसलाई १०० ग्लोबल चाइल्ड अर्वाडबाट सम्मानित गरिएको छ । दुबईमा सम्पन्न कार्यक्रममा धरै भाषा र लामो समयसम्म कन्सर्टमा गाएकाले उनलाई सम्मानित गरिएको हो ।
दुबईको इन्डियन हाई स्कुलमा अध्ययनरत सुचेता सतिस भारतीय नागरिक हुन् । उनी १२० भाषमा गीत गाउने क्षमता राख्छिन् ।
सुचेताका अनुसार, उनले १२ वर्षको उमेरमा दुबईको भारतीय वाणिज्य दुतावासको सभागारमा १०२ भाषामा ६ घण्टाभन्दा बढी समयसम्म गाएकी थिइन् ।
हालै उनको दोस्रो एल्बम ‘या हब्बी’ बजारमा उपलब्ध छ । मलायलम सुपरस्टार मम्मोटी र उन्नी मुकुदनको उपस्थितिमा उनले एल्बम आरम्भ गरेकी हुन् ।
१०० ग्लोबल चाइल्ड प्रोडिजी अर्वाड डा. अबुल कलाम इन्टरनेशनल फाउन्डेसन र ए आर रहमान द्वारा सहायता प्राप्त छ । यो पुरस्कार कयौं श्रेणीमा प्रतिभावन बच्चालाई दिने गरिन्छ ।