‘थारुहट छाडेर खसानमा किन जाने ?’ (भिडियाे)

‘थारुहट छाडेर खसानमा किन जाने ?’ (भिडियाे)

बुटवल : बाँके र बर्दियालाई प्रदेश ५ बाट टुक्र्याएर कर्णालीमा मिसाउन कुरा उठिरहेको बेला प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले ‘मिडिया खपत’का लागि भाषण नगर्न सुझाव दिएका छन् । एकाध व्यक्तिले भाषण गर्दैमा संविधान संसोधन नहुने भन्दै बाँके र बर्दिया कर्णालीमा गाभ्ने कुरा असम्भव रहेको उनले बताए ।

‘मिडिया खपतका लागि एकाध सत्ता विरोधीले यो कुरा उठाइरहेका छन्, यो जनताको माग पनि होइन, निष्कर्षमा पुग्न पनि सक्दैन', उनले भने । उनले प्रदेश टुक्र्याउने कुरा सत्ताको विरोधमा केही गतिविधि गर्न सकिन्छ कि भन्ने अभिप्रायले उठाइएको समेत बताए ।

संविधान संसोधन त्यति सहज नभएको भन्दै यो असम्भव हुने उनले उल्लेख गरे। उनले बाँके र बर्दियाका थारुहरु कुनै हालतमा कर्णालीमा गाभिन नजाने दावी गरे । ‘यो थारु र मगरहरुको बाहुल्य प्रदेश हो, उनीहरु किन अल्पमतमा पर्न कर्णालीमा जान्छन् ?', उनले प्रश्न गरे, ‘थारुहट छाडेर खसानमा किन जाने ?’

भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका प्रवक्ता चौधरीले माघ ५ गतेदेखि सुरु हुने अधिवेशनमा राजधानी र नामकरणको विषयले प्रवेश पाउने बताए । ‘यही अधिवेशनले नै राजधानी टुंगो लाउँछ', उनले भने ।

राजधानी प्रदेश ३ को नजिर अनुसार हुने उनले बताए । पार्टी केन्द्रको निर्णय र प्रदेश ३ को निर्णयसमेत कुरिएको उनले स्पष्ट पारे । बुटवल राजधानी निर्विकल्प रहेको उनको भनाइ छ ।


  
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.