रेस्टुरेन्टमा खानाको अर्डर लिने रोबोट

रेस्टुरेन्टमा खानाको अर्डर लिने रोबोट

काठमाडौं : अमेरिकाको लस भेगसमा सी इएस प्रविधि मेला आयोजना गरेको छ । मेलामा एक बिरालो रोबोट प्रदर्शनीमा राखिएको छ । रेस्टुरेन्टमा आउने ग्राहकलाई टेबलसम्म खाना लग्ने काम रोबोट बिरालोले गर्न । चिनियाँ कम्पनीले बनाएको यो रोबोटको नाम 'बेलाबट' हो । 

एक पुरानो नमुनाको आधारमा बेलाबटको निर्माण भएको छ । यसको स्क्रिनमा बिरालोको अनुहार भएको एनिमेसन देखिन्छ । ग्राहकले खानाको अर्डर दिनुअघि बेलाबट टेबल मुनि गएर म्याँउ म्याँउ गर्ने गर्छ । ग्राहकले मायाले कान छुँदा उसले मख्ख परेर 'कति न्यानो हात' भन्छ । तर ग्राहकले धेरैबेर कान समात्यो भने रोबोट रिसाउँछ । रिसाउँदै रोबोटले आफ्नो काममा अवरोध नर्गन ग्राहकलाई आग्रह पनि गर्छ । 

चीनमा रेस्टुरेन्टमा खानाको अर्डर लिने काम ग्राहो भएको रेस्टुरेन्टका मालिक बताउँछन् । 'पुडु तेक' का अनुसार चीनको कम्पनीले यो रोबोट रेस्टुरेन्टलाई बेच्ने उद्देश्य राखेको छ । 

'पुडु तेक' ले निर्माण गरेको अरु रोबोट विश्वमा २ हजार रेस्टुरेन्टमा प्रयोग गरिएको छ ।तर वास्तवमा बेलाबटलाई काम गर्न त्यति असहज नहुने देखिन्छ, प्रविधिविज्ञ पाउलो पेस्टोर भन्छन् । उनका अनुसार व्यस्त रेस्टुरेन्टमा भीडभाड भएको अवस्थामा भने बिरालो रोबोटलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.