विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

नुवाकोट : विप्लवका नुवाकोट सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । ककनी गाउँपालिका ४ बाट विप्लव समूहका नुवाकोटक जिल्ला सेक्रेटरी  बिन्तोष सिलवाल (अशोक) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

आवश्यक सोधपुछ गर्दा अटेर गरी उल्टै प्रहरीसँग अभद्र व्यवहार गरेपछि प्रकाउ गरेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए । 

काफ्लेका अनुसार पक्राउ परेका सिलवाललाई सार्वजनिक शान्ति, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको  छ । सिलवालमाथि विभिन्न स्थानमा स्काभेटरमा आगजनी गरेको अभियोग लागेको छ।सिलवाललगायतको समूहले सडक निर्माणमा प्रयोग गरिने सवारी साधनमा बम तथा आगजनी गरेको प्रहरीले जनाएको छ ।

गत २०७५ साउन ८ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा रोकिराखेको स्काभेटरमा आगजनी गरी क्षति पुर्‍याएको आरोपमा सिलवाललाई प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.