पृथ्वी जयन्तीमा सार्वजनिक विदा
नुवाकोट : विदुर नगरपालिकाले पुस २७ गते आइतबारका दिन सार्वजनिक विदा दिएको छ। पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा यहि पुस २७ गते विदुर नपा क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले बताए ।
आफ्नो जीवनको अधिकांश समय एकिकरणमै विताएका पृथ्वीनारायण शाहले नुवाकोटबाट नेपाल एकिकरणको अभियान सुरुवात गरेका थिए । नुवाकोट, वेलकोट, काठमाडौ, ललितपुर, भक्तपुरलगायत बाइसे-चैबीसे राज्यमाथि हमला गर्दै उनले विजय हाँसिल गरी नुवाकोटबाट २५ वर्षसम्म शासनसत्ता चलाएका थिए।
बिदुर नगरपालिकामा रहेको एतिहासिक सात तले दरबारबाट राज्यसत्ता संचालन गरेको र उनको देहान्त पनि बिदुर-५ देवीघाटमै भएको थियो।