‘नो हर्न नियम आएपछि कानलाई राहत भएको छ’

‘नो हर्न नियम आएपछि कानलाई राहत भएको छ’

के छ हालखबर, सर ?

ठीकै छ।

कति वर्ष भयो ट्राफिक प्रहरी बन्नुभएको ?

सात वर्ष भयो। 

सिभिल प्रहरीतिर पनि काम गरियो ?
छ महिनाजति गरेँ। 

फोर्सको जागिर नै किन रोजियो ?
विदेशमा भन्दा आफ्नै देशमा रहेर केही गर्नुपर्छ भन्ने थियो। त्यसैले यस पेशामा लागेँ। 

घर कता पर्‍यो, सरको ?
मोरङ। 

यता कता बस्नुहुन्छ ?
ब्यारेकमै बस्छु। 

परिवार कता हुनुहुन्छ ?
गाउँमा हुनुहुन्छ। 

प्रहरीको जागिर खान परिवारको साथ कत्तिको पाइयो ?
बुबाले ‘देशको सेवा गर्नुपर्छ’ भन्नुभयो। उहाँकै प्रेरणाले फोर्समा आइयो। तर, आमा चाहिँ अलि रिसाउनुभयो। सुरुमा मान्नुभएन।

अहिले के भन्नुहुन्छ आमा ?
अहिले पनि खुशी हुनुहुन्न। घर जाँदा जहिले पनि सम्झाउने गर्छु।
 
महाशाखामा ड्युटी गर्न थाल्नुभएको कति भयो ?
एक महिना भयो। 

यसअघि कता हुनुहुन्थ्यो ?
बूढानीलकण्ठमा थिएँ। 

त्यहाँ र सिंहदरबार एरियाको सडकमा  के कस्तो  भिन्नता पाउनुभयो ?
अन्य एरियाभन्दा यस एरियाका सवारीचालक अलि सचेत भेटेँ। भीआईपी एरिया भएकाले पनि होला, चालक÷सहचालक अलि सभ्य तरिकाले प्रस्तुत हुन्छन्। सवारीसाधन पनि व्यवस्थित तरिकाले गुडिरहेका हुन्छन्। अरू एरियामा यस्तो कमै देख्न पाइन्छ।
 
ट्राफिक व्यवस्थापनलाई सहज बनाउन के कस्ता काम भइरहेका छन् ?
१५ दिन भयो, ‘ट्राफिक उज्यालो अभियान’, ‘प्रहरी मेरो साथी’ अभियान आएको छ। जसअन्तर्गत हप्तैपिच्छे हामी पैदलयात्रीको चाप हुने ठाउँमा गएर कसरी गाडी चढ्ने र झर्ने, कहाँबाट बाटो काट्ने, आकाशेपुलको फाइदा आदि बारे सचेत गराउने गर्छाैं। साथै, चालकहरूलाई पनि सवारी चलाउँदा मोबाइलफोन प्रयोग नगर्ने,  सिट बेल्ट बाँध्ने, अनावश्यक हर्न नबजाउने इत्यादिबारे सूचना दिने गरेका छौँ।

यो अभियानपछि पैदलयात्री र चालकमा कत्तिको सुधार आउने आशा गर्नुभएको छ ?
अभियान सुरु भएको भर्खरै १५ दिन मात्र भएको छ तर सकारात्मक परिवर्तन देखिएको छ। त्यसैले अझै राम्रो हुने आशा गरेका छौँ।

सवारीसाधन हराएको उजुरी कत्तिको आउँछ ?
दिनमा एकदुई त आएकै हुन्छन्। 

‘नो हर्न’ नियम आएपछि काममा कत्तिको सहज भएको छ  ?
कानले राहत पाएको छ। हर्न बजाउँदैमा बाटो खाली हुने होइन भन्ने कुरामा चालक सचेत भएका छन्। 

फोर्समा आएपछि आफ्नो व्यवहारमा परिवर्तन पाउनुभयो ?
फोर्समा आएपछि कामसँगै समयलाई पनि व्यवस्थापन गर्न सिकेँ। व्यावहारिक भएँ र जिम्मेवारी बोध गर्न थालेँ। 

ट्राफिक प्रहरीमा के–के गुण हुनुपर्छ ?
ट्राफिक प्रहरी सहनशील हुन जरुरी छ। बोलीवचन नरम हुनुपर्छ। ‘जनताको सहयोगका लागि सडकमा छु’ भन्ने भावना लिएर काम गर्नुपर्छ।

सीसीटीभी क्यामराले काममा कत्तिको मद्दत भएको छ ?
धेरै मद्दत पुर्‍याएको छ। गल्ती गरेर, गरेकै होइन भन्नेका लागि बलियो प्रमाण बन्न पुगेको छ। चोरी, पाकेटमारी घटेको छ। साथै, गाडीमा सामान छुट्यो भने सीसीटीभी क्यामरामार्फत गाडी नम्बर हेरेर उनीहरूको सामान फिर्ता दिलाउन पनि सहयोग गरेको छ। 

ड्युटीमा पहिलो दिन कस्तो रह्यो ?
पहिलो ड्युटी गौशालामा परेको थियो। गाडीको चाप एकदमै धेरै थियो। के गरूँ, कसो गरूँ भयो। 

मापसेमा दिनमा कत्तिको चालक पर्ने गर्छन् ?
चारपाँच जनाजति पर्छन्। 

फुर्सदमा के गर्नुहुन्छ ?
गीत सुन्ने गर्छु। 

कस्ता खाले गीत सुन्न रुचाउनुहुन्छ ?
सेन्टिमेन्टल गीत बढी मन पर्छ।

मन पर्ने गायक को हुन् ? 
राजु लामा। 

प्रस्तुतिः आशक्ति फुयाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.