७ वर्षीय मिकाइलको चित्र १३ लाख ८३ हजारमा बिक्री
जर्मनमा एक बालकले बनाएको पेन्टिङ १३ लाख ८३ हजारमा बिक्री भएको छ । त्यो तस्बिर ७ वर्षीय मिकाइल अकारले बनाएका हुन्। बर्लिनमा भएको चित्र प्रदर्शनीमा विश्वकै कयौं मानिस पुगेको थिए ।
सन् २०१२ मा जन्मेका मिकाइल अकारले आफ्नो चौंथो जन्मदिनदेखि यो चित्र बनाउन सुरु गरेका थिए । आफ्नो कलाका कारण उनी सानैमा कला जगतमा प्रख्यात छन् । उनी कला जगतका एक स्थापित कलाकार बनेका छन् ।
'चार वर्षको उमेरमा उनले बनाएको चित्र पनि धेरै राम्रो थियो', उनका पिता भन्छन् । हाल जर्मनीमा भएको तस्बिर प्रदर्शनीमा यो तस्बिरले बिक्री भएको छ । यो रकम उनले जर्मनीका चर्चित फुटबल खेलाडी म्यानुयल न्युअर बच्चाहरुको च्यारीटीका लागि दिएका छन् ।