२ हजार ६ सय मिटर उचाइमा आइस म्युजिक फेस्ट
सन् २०२० को आइस म्युजिक फेस्टिभल सुरु भएको छ । २ हजार ६ सय मिटरको उचाइमा माइनस २५ डिग्री तापक्रमको बीचमा एक इग्लू घर (बरफको घर) मा फेस्टिभल सुरु भएको हो । जँहा बरफले बनेका वाद्य यन्त्र प्रयोग गरिएका छन् । घरमा करिब २०० दर्शक सजिलै अटाउन सक्छन् ।
इटालीको आल्प्स पर्वतमा अहिले चिसो मौसममा तापक्रम माइनस २५ डिग्री पुग्ने गर्छ । यो समयमा त्यँहाका मानिसहरुको जीवन धेरै कष्टकर हुने गर्छ । तर एक म्युजिक ब्यान्डका लागि यो समय भनेको राम्रो प्रस्तुति कसरी दिने भन्ने विषय महत्वपूर्ण भएको छ ।
म्युजिक ब्यान्डका गायकहरुले आफूलाई आवश्यक सामग्री अनुसार बरफको गिटार ड्रम सेट, भायोलेन, जाइलोफोन, मेन्डोलिन, डबल बेस र अन्य वाद्य यन्त्रको सेट बनाएका छन् । एक वाद्य यन्त्र बनाउन कम्तीमा पाँचदेखि सात दिन लाग्छ । ठूलो वाद्य यन्त्र बनाउने हो भने महिना दिन पनि बित्न सक्छ ।